अस्ट्रेलियामा सत्तारूढ लिबरल गठबन्धन अप्रत्यासित रूपमा विजयी

अस्ट्रेलियामा शनिबार सम्पन्न आम निर्वाचनमा सत्तारूढ लिबरल गठबन्धन अप्रत्यासित रूपमा विजयी भएको छ।निर्वाचन मतसर्भेक्षणमा पछाडि देखिएको लिबरलले सबैलाई छक्क पार्दै यो जीत निकालेको हो।

यो समाचार पारिरहेको बेला लिबरलले ७४ स्थानमा अग्रता लिइरहेको छ भने प्रमुख प्रतिपक्षी लेबर गठबन्धनले ६६ सिटमा मात्र अग्रता लिएको छ। एकसय ५० सदस्यीय संसदमा बहुमतका लागि ७६ स्थान आवश्यक पर्छ।

लिबरल नेता तथा प्रधानमन्त्री स्कट मोरिसनले आफूलाई मिराकलमा विश्वासभएको बताउँदै त्यही मिराकलले आफू विजयी भएको बताए।

लिबरल नेताले आफ्नो पराजय स्वीकार गर्दै पार्टी नेतृत्वबात राजिनामा दिने घोषणा गरेका छन्। 

लिबरलको यो तेस्रो लगातार जीत हो । यो जितले अष्ट्रेलियामा पनि दक्षिणपन्थी राष्ट्रवादी धारको अन्डर करेन्ट प्रभाव छाएको देखिएको छ।यसअघि यस्तै अप्रत्यासित जित निकालेर अमेरिकामा राष्ट्रपति ट्रम्प विजयी भएका थिए। 

अस्ट्रेलियामा एक करोड ६० लाख दर्ता भएका मतदान छन् र यहाँ सन् १९२४ देखि १८ वर्षभन्दा माथिका वालिग मतदाताले अनिवार्य मतदान गर्नुपर्ने प्रावधान राखिएको छ। मतदान नगर्नेले उचित कारणसहित २० डलर जरिवाना तिर्नुपर्ने हुन्छ। 

हरेक तीन वर्षमा आम चुनाव हुने भए पनि सन् २००७ यताका कुनै पनि सरकार पूर्णकालका लागि चल्न नसकेकाले बिच बिचमा चुनाव हुदै आएका छन्।

 

 

प्रकाशित मिति: : 2019-05-18 21:12:09

प्रतिकृया दिनुहोस्