स्थानीय तह निर्वाचन

तुलसीपुरको मेयरमा क–कसको चर्चा, यी हुन् सम्भावित उम्मेदवार !

Breaknlinks
Breaknlinks

दाङका ठूला शहर मध्ये तुलसीपुर उपमहानगरपालिका एक हो। घोराही जस्तै राजनीतिको एउटा प्रमुख केन्द्र मानिन्छ– तुलसीपुर।

निर्वाचन क्षेत्र–२ र ३ मा पर्ने तुलसीपुरमा राजनीतिक दलहरूले आ–आफ्नो प्रभुत्व जमाउन खोज्नुले राजनीतिको एउटा प्रमुख केन्द्रका रूपमा लिन सकिन्छ। साविकको तुलसीपुर नगरपालिकासँगै हलवार, टरिगाउँ, उरहरी, पवननगर, मानपुर, बिजौरी, डुरूवा, फुलवारी गाउँ विपकास समिती (गा.वि.स.) मिलेर तुलसीपुर उपमहानगरपालिका बनेको हो।

आउँदाे ३० वैशाख ०७९ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा तुलसीपुरको नेतृत्व कसले पाउला भन्ने विषयले प्राथामिकता पाउने गरेको छ। राजनीतिक वृत्तमा सम्भावित उम्मेदवारहरूको नामले पनि चर्चा पाउन थालिसकेको छ। 

०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका घनश्याम पाण्डेले जित्दै ५ वर्षीय कार्यकाल सकाउँदै छन्। पाण्डेले २२ हजार ८५७ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई पराजित गरेका थिए। पाण्डेसँग पराजित भएका गिरीले १८ हजार ९०३ मत प्राप्त गरेका थिए। 

त्यस्तै, अर्का प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शेशुराम भण्डारीले मात्र ८ हजार ६९२ मत प्राप्त गर्दै तेस्रो भएका थिए। 

तर कांग्रेसबाट भने मेयरका रूपमा आकांक्षिहरू धेरै देखिन्छन्। ०७४ को निर्वाचनमा हालका मेयर पाण्डेसँग पराजित भएका कांग्रेसका केन्द्रीय सदस्य गिरी अब मेयरका रूपमा उम्मेदवार नबन्ने बताउने गरे पनि अन्य आकांक्षिहरू भने धेरै देखिन्छन्।

घोराहीमा ०७४ का निर्वाचनमा निर्वाचित मेयर नरूलाल चौधरीले आउने निर्वाचनमा फेरि पनि मेयरमा उम्मेदवारी दिने चर्चा चलिरहँदा तुलसीपुरमा भने पाण्डेले मेयरमा उम्मेदवारी दिने–नदिने भन्नेमा कुनै चर्चा छैन। तर पाण्डे अब तुलसीपुरको मेयरका रूपमा चुनावमा उम्मेदवार नबन्ने एमाले नेताहरू बताउँछन्। 

आगामी स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)बाट टिकाराम खड्का उम्मेदवार बन्ने चर्चा छ। उनी एमाले दाङका निर्वतमान अध्यक्षसमेत हुन्। उनको उम्मेदवारी लगभग पक्का जस्तै भएको एमाले दाङका एक नेताले बताएका छन्। एमालेबाट तुलसीपुरमा उम्मेदवारका रूपमा अन्यको नेताको नाम त्यति चर्चामा छैन। 

तर कांग्रेसबाट भने मेयरका रूपमा आकांक्षिहरू धेरै देखिन्छन्। ०७४ को निर्वाचनमा हालका मेयर पाण्डेसँग पराजित भएका कांग्रेसका केन्द्रीय सदस्य गिरी अब मेयरका रूपमा उम्मेदवार नबन्ने बताउने गरे पनि अन्य आकांक्षिहरू भने धेरै देखिन्छन्। 

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका कांग्रेस महाधिवेशन प्रतिनिधि विमल रिजालले तुलसीपुरको मेयरका रूपमा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। यस्तै कांग्रेसबाटै यातायात व्यवसायीसमेत रहेका तुलसीपुर नगरसभापति सुरेश हमालले मेयरको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। 

रिजाल र हमाल बाहेक अन्य नेताहरूले पनि मेयर बन्न आकांक्षा व्यक्त गरेपनि यी दुईको दावेदारी बलियो रहेको चर्चा हुने गरेको छ। रिजालले बिएल नेपाली सेवासँग कुरा गर्दै आफू मेयरका रूपमा उम्मेदवार बन्न आकांक्षी रहेको बताएका छन्। 

‘अन्य पनि हुनुहुन्छ तर म पनि मेयरका रूपमा एक आकांक्षी हुँ,’ उनले भने, ‘तर पार्टीले कसलाई टिकट दिने हो त्यो हेर्न बाँकी छ।’ रिजालले कांग्रेस एक्लै चुनावमा जान सक्ने पार्टी रहेको भन्दै यदि गठबन्धन भएन भने तुलसीपुरमा कांग्रेस पार्टीले यस पटकको चुनावमा जित निकाल्ने दाबी गरेका छन्। 

तर केन्द्रीको निर्णय अनुसार आफूहरू पनि आवश्यक्ताका आधारमा गठबन्धन गरेर जाने मनसायमा रहेको उनको भनाइ छ। 

तुलसीपुरमा एमाले र कांग्रेसबाट को उम्मेदवार बन्ने भन्ने नेताहरूको चर्चा हुने गरेपनि अन्य पार्टीको भने त्यति चर्चा देखिँदैन। ०७४ को निर्वाचनमा तुलसीपुरमा तेस्रो भएको पार्टी माओवादी केन्द्रका नगर अध्यक्ष तुलसीराम चौधरीले केन्द्रको निर्णय अनुसार आफूहरू बढ्ने बताए। 

नगरअध्यक्ष चौधरीले नगरदेखि वडा तहसम्मै आवश्यक्ता र औतित्यका आधारमा गठबन्धन हुने र सोही अनुसार उम्मेवारीको टुंगो लगाउने बताएका छन्। उनले पार्टी कार्यक्रमको गतिविधि गरेको भएपनि अहिले नै उम्मेदवारको आकांक्षिहरू नदेखिहालेको बताएका छन्।

राजनीतिक वृत्तमा भने यदि माओवादीले तुलसीपुरमा मेयरको उम्मेदवारी दिने भयो भने ०७४ को निर्वाचनमा पराजित भएका शेशुराम भण्डारीलाई नै उठाउने चर्चा छ।


स्थानीय निर्वाचन

प्रकाशित मिति: : 2022-04-09 09:20:00

प्रतिकृया दिनुहोस्