महावाणिज्यदूत योञ्जनले दिए स्कोमोलाई वधाई

अस्ट्रेलियाको भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले भर्खरै सम्पन्न आमनिर्वाचनमा पुन: निर्वाचित स्कट मरिसनलाई वधाई दिएका छन्। योञ्जनले आफ्नो वधाई सन्देशमा लेखेका छन्-  नेपाल वाणिज्यदूताबास सप्ताहान्तमा भएको निर्वाचनमा पुन: निर्वाचित भएकोमा स्कट मरिसन (स्कमो)लाई वधाई। 

उनले आफ्नो वधाइ सन्देशमा अस्ट्रेलियाको नेपाली समुदाय अस्ट्रेलियन सरकारसँग निरन्तर सहकार्यका लागि तयार रहेको बताउँदै नेपाल अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध अरू मजबुत हुने विश्वास व्यक्त गरेका छन्। 

चन्द्र योञ्जन अस्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदूत हुन्। उनी मेलबर्नमा सबैखाले कन्सुलर सेवा सहितको वाणिज्यदूत सञ्चालन गरिरहेका छन्। 

अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले धेरैलाई विश्वास नभएको एक अप्रत्यासित जित निकाल्दै दक्षिणपन्थी लिबरल गठबन्धनलाई पुन: सत्तामा फर्काएका छन्। 

अस्ट्रेफियाको कट्टरपन्थी राष्ट्रवादी धारको प्रतिनिधित्व गर्ने मरिसन आप्रवासीमैत्री छवि भएका नेता हैनन्। संसारका धेरै देशमा आएको लोकप्रिय राष्ट्रवादको हावा अस्ट्रेलियामा पनि भित्राएर उनी यसपटक विजयी भए। धेरैले उनलाई अस्ट्रेलियाका डोनल्ड ट्रम्प पनि भन्ने गरेका छन्। 

 

 

प्रकाशित मिति: : 2019-05-20 09:09:53

प्रतिकृया दिनुहोस्