साउथ अष्ट्रेलियाको जेनरल स्किल्ड माइग्रेसन नोमिनेसन प्रोग्राम जुन २४ देखि बन्द, नेपाली पनि प्रभावित

अस्ट्रेलियाको साउथ अष्ट्रेलिया सरकारले जेनरल स्किल्ड माइग्रेसन नोमिनेसन प्रोग्राम बन्द गर्ने भएको छ ।

साउथ अष्ट्रेलिया इमिग्रेसनले जनाएअनुसार प्रोग्राम स्थानीय समयअनुसार जुन २४ बिहान ९ बजे देखि बन्द हुने छ । 

इमिग्रेसनका अनुसार, पाइलट प्रोजेक्टको रुपमा भिसामा ल्याइएका विभिन्न योजना अपडेट गर्न समय चाहिएकाले केही समय नोमिनेसन प्रोग्राम बन्द गरिन लागिएको हो । 

यस बीचमा १९० / ४८९ एप्लिकेसन पेश भएका तर प्रोसेस पूरा नभएका निवेदनहरू डिलिट हुने पनि साउथ अष्ट्रेलिया इमिग्रेसनले जनाएको छ । 

नोमिनेसन प्रोग्राम जुलाई पहिलो सातादेखि पुन: सुचारु हुने जनाइएको छ । त्यसको मिति र समय भने जुलाई सुरू भएपछि जानकारी दिने बताइएको छ ।

साउथ अष्ट्रेलिया इमिग्रेसनको यो निर्णयले जेनरल स्किल्ड माइग्रेसन नोमिनेसन प्रोग्राममा साउथ अस्ट्रेलिया जाने नेपाली पनि प्रभावित हुने भएका छन् । 

 

प्रकाशित मिति: : 2019-06-24 02:58:54

प्रतिकृया दिनुहोस्