एनआरएन अस्ट्रेलियामा नेपाली कांग्रेस समर्थित उम्मेद्वारको 'क्लिन स्विप'

एनआरएन अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष केशव कंडेल । तस्बिर : सामाजिक सञ्जाल

एनआरएन अष्ट्रेलियाको निर्वाचनमा नेपाली कांग्रेस पक्षधर उम्मेद्वारले क्लिन स्विप गरेका छन् । 

प्रजातन्त्रवादी समूह भनेर चिनिने कांग्रेस पक्षधरको नेतृत्व केशव कँडेलले गरेका थिए । उनले ४१४८ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी दिनेश पोखरेलले ३७५७ मत प्राप्त गरे ।   अध्यक्ष पदमा ४६१ ले दुबै उम्मेद्वारलाई मत नदिएर आफ्नो मत 'नो भोट'मा दिए । 

यसैगरी कंडेल समूहकै डा. ज्ञानेन्द्र रेग्मी महासचिवमा विजयी भए । उनले ४१५८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी सन्तोष दाहालले २५२२ मत पाए ।

सचिवमा उषाकिरण बरिया, कोषाध्यक्षमा अनिल पोखरेल, सहकोषाध्यक्षमा लक्ष्मण गोपाली र युवा संयोजकमा इरशद अहमत निर्वाचित भए । उनीहरू पनि सबै कँडेल प्यानलकै उम्मेद्वार हुन् ।

आईसीसी सदस्यमा राजु अधिकारी, छविप्रसाद सापकोटा, दीपक शर्मा, अरुणकुमार ठाकुर, नारायण प्रसाद काफ्ले, अशोक केसी र सन्तोष कुवँर विजयी भएका छन् । 

संसारकै रोल नम्बर १ एनआरएन राष्ट्रिय समन्वय समिति बनेको अष्ट्रेलियामा ११ हजार ६ सय १७ मतदाता रहेका छन् । उनीहरूमध्ये ८ हजार ३ सय ६६ मतदान प्रकृयामा सहभागी भए भने ३ हजार २ सय ५१ अनुपस्थित रहे । 

प्रकाशित मिति: : 2019-07-07 08:16:50

प्रतिकृया दिनुहोस्