अस्ट्रेलियामा 'स्वदेश'को आत्महत्या : झापाको जनम, सिड्नीको मरण

अल विदा स्वदेश ... !

अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने युवा झापाका स्वदेश सेढाई भएको बताइएको छ ।

सेढाईसँगै अपार्टमेन्टमा बस्दै आएका पोखराका गणेश भट्टराईका अनुसार उनले लुगा राख्ने क्लोजेटमा आत्महत्या गरेका हुन् । 

विगत दुई वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा रहदै आएका उनी स्थानीय युनिभर्सिटी अफ टेक्नोलोजी (युटीएस) मा कम्युटर ईन्जियरिङमा ब्याचलर गर्दै थिए ।

स्वदेश के कारणले मरेका हुन् ? उनको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, केही समययता अस्ट्रेलिया जाने नेपाली युवामा त्यहाँको दवाव थेग्न नसकेर डिप्रेसनमा जाने र आत्महत्या गर्ने क्रम बढ्दो छ । 

 

 

 
प्रकाशित मिति: : 2019-07-13 01:10:30

प्रतिकृया दिनुहोस्