आइसीसी लिग– २

आज पिएनजीसँग भिड्दै नेपाल, विश्वकप छनाेटकाे लागि जित्नै पर्ने दबाब

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँमा जारी आइसीसी विश्वकप लिग– २ को अन्तिम श्रंखलाअन्तर्गत आज (साेमबार) नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान साढे नाै बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।

नेपालकाे पिएनजीसँग सिरिजकाे याे अन्तिम खेल हाे। गत बिहीबार भएकाे अन्तिम सिरिजकाे पहिलाे खेलमा नेपालले पिएनजीलाई ५२ रनले पराजित गरेकाे थियाे। विश्वकप छनाेटकाे सम्भावना कायम राख्न नेपालले आजकाे खेल जित्नै पर्ने हुन्छ।

आइसीसी विश्वकप लिग– २ मा नेपाल ३६ अंकसहित चाैंथाे स्थानमा रहेकाे छ। भने, पिएनजी ११ अंकसहित पुच्छारमा रहेकाे छ।

नेपाल आइतबार भएकाे खेलमा युएईलाई १ सय ७७ रनले पराजित गर्दै अमेरिकालाई पछि पार्दै चाैँथाे स्थानमा उक्लिएकाे हाे। अब नेपालले आज पपुवा न्युगिनी र चैत २ गते हुने खेलमा युएई पराजित गर्न सकेमा लिगकाे तेस्राे स्थानमा उक्लिदै सिधैं विश्वकप छनाेटमा पुग्ने छ।

अहिले ३९ अंकसहित तेस्राे स्थानमा रहेकाे नामिवियालाई पछि पार्न नेपालले बाँकी दुई खेल जित्ने पर्ने हुन्छ।

सात देश सहभागी लिग– २ काे पहिलाे, दाेस्राे र तेस्राे नम्बरमा पर्न सफल देश सिधैं एकदिवसीय विश्वकपमा छनाेट हुनेछन्। लिगकाे क्रमश पहिलाे र दाेस्राे नम्बरमा पर्न सफल स्कटल्याण्ड र ओमान यसअघि नै विश्वकपकाे लागि छनाेट भइसकेका छन्।

प्रकाशित मिति: : 2023-03-13 08:19:00

प्रतिकृया दिनुहोस्