अस्ट्रेलियामा ३० प्रतिशत आप्रवासी : १३औं स्थानमा नेपाली

अस्ट्रेलियामा बढ्दैछन् नेपाली । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

कंगारूको देश भनेर चिनिने अस्ट्रेलिया आप्रवासीको देशको नयाँ पहिचान बनाउने क्रममा अगाडि बढिरहेको छ । 

अस्ट्रेलियाको तथ्यांक विभागले त्यहाँको कूल जनसंख्याको ३० प्रतिशत जनसंख्या आप्रवासीको रहेको बताएपछि यस्तो संकेत मिलेको हो । पछिल्लो जनगणनाअनुसार अस्ट्रेलियाको कूल जनसंख्या २ करोड ४६ लाखको हाराहारीमा हुँदा ७३ लाख ४३ हजार आप्रवासीको संख्या पुगेको छ । 

अस्ट्रेलियामा नेपाली आप्रवासीको संख्या पनि उल्लेख्य मात्रामा रहेको छ ।पछिल्लो तथ्यांकअनुसार आप्रवासीको संख्याको हिसाबले अस्ट्रेलियमा नेपाल १३ओै स्थानमा रहेको छ । पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमश: चीन,भारत र बेलायत रहेका छन् । 

अस्ट्रेलिया आप्रवासीमैत्री देश मानिन्छ । बहुसांस्कृतिक देशका रूपमा विकसित गर्न यसले उदार आप्रवासी नीति लिदै आएको छ । तर, पछिल्लो समय यहाँ पनि अतिराष्ट्रवादी राजनीतिक हावा चलेको छ र आप्रवासलाई संकुचन गर्ने खालका सोच र नीतिहरू सार्वजनिक हुन थालेका छन् ।  
 
आप्रवासीका लागि अस्ट्रेलियाका सबै राज्य समान रूपमा रचाइएका छैनन् । भिक्टोरियामा धेरै आप्रवासी छन् भने पश्चिम अस्ट्रेलियामा निकै कम आप्रवासीको बसोबास पाइन्छ । 
 


प्रकाशित मिति: : 2019-07-27 04:17:57

प्रतिकृया दिनुहोस्