दिनेश घिमिरे
म बाँचेँ भने तिमी सम्झेर आउनु
प्रेमको बगैंचा लिएर मनहरूमा
तिमीलाई आँखाहरूमा सजाउँला
प्रेम गीत बनेर गाउँला भाकाहरूमा
सजाउँला तिमीलाई मन मन्दिरमा।
मैले बोलाएँ भने तिमी सम्झेर आउनु
दुःखहरू बहलाउने आवाज बनेर
गाउँ सहरका मनमा खुसी बनेर आउनु
तिमीलाई ओठहरूमा सजाउँला म
सँगै गाउँला भाकाहरूमा खुसी बनेर।
म कहिले रोएँ भने तिमी सम्झेर आउनु
आँसुका थोपा थोपाहरूभित्र संगालिन्
आँसुका सिन्दुर लिन आउनु गाउँ सहरमा
आँसु भित्रका बेदनामा सँगै–सँगै बाँचौंला
श्रृंगाराैँला आँसुले जीवनका पलहरूलाई।
म मरेँ भने पनि तिमी मलाई सस्झेर आउनु
मेरा दुःख र सुखहरू तिमी सँगै लैजानु
मलाई सम्झेर फेरि कहिल्यै पनि नरूनु
बरू मेरा आँसुहरू संगालेर आफैंमा राख्नु
अनि लिपि बनेर तिमी गाउँ सहरमा बस्नु
किनकि तिमिले मलाई धेरै बुझेकी छाै
मलाई छातीमा एक थुङ्गा सुवास दिनु।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया