नेपाललाई अस्ट्रेलियाले नदिने भयो- ‘वर्किङ होलिडे भिसा’ !

कूटनीति सफल हुनलाई त कूटनीतिज्ञ पठाउनु पर्यो नि राजदूतमा ! प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

अस्ट्रेलिया सरकारले १३ देशका लागि ‘वर्किङ होलिडे भिसा’ थप्ने प्रक्रिया अगाडि बढाए पनि नेपाल भने त्यो सूचीमा नअटाएको समाचार बाहिरिएको छ ।

यो सूचीमा नेपाल अटाएको भए ठूलो संख्यामा नेपालीहरूले अस्ट्रेलिया घुम्न पनि पाउँथे, कम्तिमा पनि ३ देखि ६ महिनासम्म तोकिएको स्थानमा गएर काम गरेर मोटो रकम र अस्ट्रेलियन कामको अनुभव पनि हासिल गर्न सक्ने थिए । तर, त्यो अवसर नेपालले गुमाएको छ ।

यो पनि हेर्नुहोस् 

सालिकको कथा


यो अवसर गुमाउनुको पछाडि कूटनीतिक रूपमा नेपाल असफल भएको अस्ट्रेलियाको नेपाली डायस्पोराका अगुवाहरूले बताएका छन् । उनीहरू भन्छन्- यसका लागि राजदूताबासले प्रयास गरे पनि सफलता हासिल भएन । यसको अर्थ नेपाल कूटनीतिक रूपमा असफल भयो । 

अस्ट्रेलियामा बर्सेनी २० देशका लाखौ मानिस यो भिसाअन्तर्गत आउने गर्छन् । गत मार्चमा मात्र यो भिसामा एक लाख ५० हजार विदेशी अस्ट्रेलिया आएका थिए । अहिले उनीहरू मज्जाले काम गरेर दाम र अस्ट्रेलियन कामको अनुभव पनि संगालिरहेका छन् । 

प्रकाशित मिति: : 2019-08-04 03:01:23

प्रतिकृया दिनुहोस्