बिएल संवाददाता
                                राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना प्रवक्ताले नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई कडा जवाफ फर्काएका छन्। शुक्रबार सिन्धुपाल्चोकमा आफ्ना कार्यकर्तामाझ भाषण गर्दै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निकै तल्लोस्तरको गाली गरेका थिए।
लगत्तै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालबाट प्रचण्डलाई त्यसको जवाफ फर्काएका हुन्। उनले तत्कालीन राजा वीरेन्द्रको बंशनाशमा प्रचण्डकै मुख्य भूमिका प्रचण्डकै भएको पनि आरोप लगाएका छन्।
‘सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ’ उनले लेखेका छन् ‘तर यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौं भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस्।’
उनले युद्धका बेला आधुनिक हतियारहरू अनि संसदीय राजनीतिमा आइसकेपछिको विलासी जीवनका बारेमा पनि प्रचण्डलाई प्रश्न सोधेका छन्। त्यस्तै उनले सुन तस्करीमा माओवादीका नेताहरू मुछिएको घटना पनि प्रचण्डलाई सम्झाइदिएका छन्।
‘प्रचण्डजी, २०५२ सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो? तपाईंले। षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो, तपाईंलाई नै भयो। जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्यो? तपाईंले नै प्राप्त गर्नुभयो। राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट एम सिक्स्टीन, एक फोर्टी सेभेन, एलएमजी, एसएलआरजस्ता आधुनिक हतियार कसले लियो? तपाईँले लिनुभयो’ उनले भनेका छन् ‘मोबाइल फोन नभएको समयमा स्याटालाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो? तपाईंलाई। भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो? तपाईँले मार्नुभयो। विदेशीको इशारामा मन्दिरका पुजारी अनि गुम्बाका लामालाई कसले घाँटी रेट्यो? तपाईँले रेट्नुभयो।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया