अमेरिकी संसदमा 'ड्रिम एण्ड प्रमिस' विधेयक

तस्वीर: युएनआई

अमेरिकी सांसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा मंगलबार टीपीएसधारी तथा ड्रिमरहरूलाई स्थायी बसोबासको अधिकार दिन ड्रिम एण्ड प्रमिस विधेयक दर्ता भएको छ।

विधेयकले डाकाअन्तर्गत बैधानिकता पाएका सातलाख र टीपीएस/डीईडी अन्तर्गत सुबिधा पाएका करिब तीनलाख १८ हजार आप्रवासीले अमेरिकामा स्थायी बसोबासको सुबिधा पाउँने छन् । 

विधयेकको मुख्य स्पोन्सर न्युयोर्कका डेमोक्रेटिक सांसदहरु यिभेट क्लार्क र नादिया भेलाजक्वेट रहेका छन् ।

डेमोक्रेटहरूको बहुमत रहेको तल्लो सदनमा यो विधेयक पास हुने सम्भावना धेरै छ। तर, माथिल्लो सदन सिनेटमा रिपब्लिकनहरूको बहुमत भएका कारण जस्ताको जस्तै विधेयक पास हुन कठिन छ।

तर, सन् २०२० मा कतिपय रिपब्लिकन सिनेटरहरू पनि चुनावमा जानुुपर्ने भएकाले उनीहरूलाई यो विधेयकका विरूद्धमा जान सजिलो छैन।स्वयं राष्ट्रपति डोनल्ड ट्रम्प पनि निर्वाचनमा जाने भएकाले यो बिधेयकको विपक्षमा जाने दुस्साहस गर्लान् भन्न सकिन्न। 

यसअघि  क्लिन ड्रिम एक्ट को वन-पिस बिलका रूपमा डेमोक्रेटहरूले संसदमा प्रवेश गराउँदै आएको यो विधेयकलाई राष्ट्रपति ट्रम्पले दक्षिण सीमामा पर्खाल लगाउने चाहना र अभिष्टसंग सौदाबाजीको “बार्गेन चिप्स” बनाउँदै आएका छन्। 

प्रकाशित मिति: : 2019-03-13 06:23:11

प्रतिकृया दिनुहोस्