नेपालका उपप्रधानमन्त्री पोखरेलद्वारा राष्ट्रसंघमा सम्बोधन

तस्वीर: संयुक्त राष्ट्र संघ

नेपालका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले शुक्रबार संयुक्त राष्ट्र संघमा आयोजना गरिएको शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गरेका छन्।

सम्मेलनमा पहिलो वक्ताका रूपमा बोल्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले विश्वमा शान्ति स्थापनार्थ खटेका सुरक्षाकर्मीहरूको सहभागिता तथा क्षमता बृद्धिमा नेपालका तर्फबाट ठोस प्रस्ताव प्रस्तुत गरे।

उनले विश्वमा शान्ति स्थापनाका लागि नेपाली शान्ति सेनाले बिगत छ दशकदेखि खेल्दैआएको भूमिकाबारेमा उल्लेख गर्दै शान्ति सेनामा खटेर जाने सुरक्षाकर्मीहरूको रक्षा, सुरक्षा र सम्मानप्रति नेपालको चासो रहेको धारणा व्यक्त गरे।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलले शान्ति सेनामा महिला सहभागिता र राष्ट्र संघको मुख्यालय र शान्ति मिसनमा नेपाली शान्ति सेनाले नेतृत्वदायी तहमा भूमिका खेल्नका लागि अवसर प्राप्त गर्नुपर्ने तर्फ ध्यानाकर्षण पनि गराए।

प्रकाशित मिति: : 2019-03-30 09:56:26

प्रतिकृया दिनुहोस्