अमेरिकी राष्ट्रपति ट्रम्पलाई अदालती झड्का: दिनुपर्ने भयो संसदलाई आर्थिक विवरण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आर्थिक हरहिसावको विवरण संसदलाई बुझाउनुपर्ने भएको छ।ट्रम्पको हरहिसाब हेर्ने अकाउन्टिङ फर्म मजार्सका नाममा अमेरिकाको संघीय अदालतका एक न्यायाधीशले यस्तो आदेश जारी गरेका हुन्।

डी सी डिस्ट्रिक्ट कोर्टका न्यायाधीश अमित मेहेताले जारी गरेको आदेशमा ट्रम्प राष्ट्रपति हुनु अगाडिको हिसाबकिताव हेर्ने अधिकार संसदलाई भएको उल्लेख छ। ४१ पेज लामो आदेशमा उनले राष्ट्रपतिले आफू राष्ट्रपति हुनु अगाडिका सबै गतिविधिबाट उन्मुक्ति दिन मिल्दैन भनिएको छ। उनले राष्ट्रपतिका बारेमा अनुसन्धान गर्ने अधिकार संसदलाई रहेको पनि भर्डिक्ट दिएका छन्। 

न्यायाधीश मिश्रले उनको आदेशमा राष्ट्रपतिलाई इथिकल र कन्फ्लिक्ट अफ इन्ट्रेस्टका बारेमा छानबिन गर्ने अधिकार सुरक्षित रहेको उल्लेख गरेका छन्। 

ट्रम्पको आर्थिक हिसावकिताब हेर्ने कम्पनी मजार्सलाई आर्थिक अभिलेख बुझाउने समय सात दिन दिइएको छ। 

न्यायाधीश मेहेताको आदेशमाथि ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन् । 

प्रकाशित मिति: : 2019-05-21 04:41:08

प्रतिकृया दिनुहोस्