स्मिथले तिरिदए- चारसय विद्यार्थीको चार करोेड ऋण: दिए- सपनाजस्तै उपहार

अमेरिकाका एक चर्चित अश्वेत परोपकारी रोबर्ट फ्रेडरिक स्मिथले चारसय विद्यार्थीको चारकरोड विद्यार्थी ऋण तिरिदिने घोषणा गरेर सबैलाई चकित पारिदएका छन्। 

मूलत: अश्वेत विद्यार्थी पढ्ने जर्जिया राज्यको मोरहाउस कलेजमा भएको ग्राजुएसन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले २०१९ ब्याचको कक्षाका विद्यार्थीलाई एउटा सपना जस्तो उपहार दिएर चकित पारिदिएका हुन्।

५६ वर्षीय स्मिथ निजी लगानीको सफ्टवेअर कम्पनी भिस्टा इक्विटी पार्टनर्सका संस्थापक हुन्। यसको कुल अनुमानित मूल्य ४६ अर्ब डलर रहेको बताइन्छ।

डेन्भर कोलोर्‍याडोस्थित अफ्रिकी अमेरिकीहरूको बाक्लो बसोबास रहेको बस्तीमा हुर्किएका स्मिथको व्यक्तिगत सम्पत्ति ५ अर्ब डलरको छ। उनी अमेरिकाकै सबैभन्दा धनी अश्वेत हुन्। धनको मामलामा ओप्रा विन्फ्रे उनीभन्दा पछाडि छिन्।

कोर्नेल विश्वविद्यालयमा रासायनिक इञ्जिनियरिङ पढेका स्मिथले कोलम्बिया विश्वविद्यालयबाट एमबीए गरेका छन्।

स्यान फ्रान्सिस्कोमा गोल्डम्यान स्याक्समा काम गरेका उनले सन् २००० मा छाेडे र आफ्नै भिस्टा कम्पनी खोलेका हुन्।

स्मिथले मोरहाउसलाई छात्रवृत्ति एवं संस्था विकासका निम्ति १५ लाख डलर पनि दिएका थिए।

यसअघि अश्वेत तथा महिला इञ्जिनियरिङ विद्यार्थीलाई सघाउ पुग्ने कार्यक्रम सुरु गर्न सन् २०१६ मा उनले आफूले पहिले पढेको कोर्नेल विश्वविद्यालयलाई पाँच करोड डलर दिएका थिए।

निजी जीवन गोप्य नै राख्न रुचाउने स्मिथ अस्टिन टेक्ससमा आफ्नी पत्नी तथा पूर्व प्लेबोय मोडल होप डोराजिकसाथ बस्छन्।

प्रकाशित मिति: : 2019-05-22 01:16:09

प्रतिकृया दिनुहोस्