अमेरिकी र रूसी युद्धपोत प्यासिफिक महासागरमा झण्डै ठोक्किए

अमेरिकी युएस चान्सलरभिल र रूसी एडमिरल भिनोग्राडोभ । तस्बिर : एएफपी/युएसनेभी

अमेरिकी र रूसी युद्धपोत प्रशान्त महासागरमा झण्डै एकआपसमा ठोक्किएका छन् । ५० मिटरको दूरीमा आएपछि दुबैले इमरजेन्सी साइरन बजाएर ठोक्किनबाट जोगिएको बीबीसीले जनाएको छ । 

यस घटनाका लागि एकले अर्कालाई दोष दिएका छन् । रुसी पक्षले यो घटना इस्ट चाइना सीमा भएको भनेको छ भने अमेरकी पक्षले फिलिपिन सीमा भएको बताएको छ ।

रूसी प्यासिफिक फ्लिटले भनेको छ- अमेरिकी युएस चान्सलरभिल मस्को समय विहान ६ बजेर ३५ मिनेट जाँदा रूसी एडमिरल भिनोग्राडोभको ५० मिटर नजिकबाट गएको छ । यसले गर्दा बाध्य भएर इमरजेन्सी साइरन बजाउनु पर्यो ।

उता, अमेरिकी सेभन्थ फ्लिटका कमाण्डर क्लेटन डसले यसलाई रूसी प्रोपोगाण्डा भन्दै ठाडै अस्विकार गरेका छन् । उनले उल्टै रूसी पक्षलाई आरोप लगाउँदै भनेका छन् - रूसी एडमिरल भिनोग्राडोभ असुरक्षित र अव्यावसायिक किसिमले  युएस चान्सलरभिलको ५० मिटर नजिकबाट गएको छ । उनले त्यो घटना फिलिपिन सीमा भएको बताए ।  

 

बीबीसीका एक युद्ध संवाददाताले भने यो घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै यो एकले अर्कासँग जुध्न खोज्ने प्रवृतिको उपज भएको बताए । 

 

प्रकाशित मिति: : 2019-06-07 21:40:06

प्रतिकृया दिनुहोस्