पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपति सर्भिस अवार्ड

इलिनोय राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाइटबाट अमेरिकी राष्ट्रपति सर्भिस अवार्ड लिदै पत्रकार सूर्य थापा ।

अमेरिकामा रहेर सामुदायिक पत्रकारिता गरिरहेका सूर्य थापाले अमेरिकी राष्ट्रपति सर्भिस अवार्ड  प्राप्त गरेका छन् । 

समुदायको हितका लागि काम गर्ने ब्यक्तिलाई प्रोत्साहनस्वरुप प्रदान गरिने सर्भिस अवार्ड शिकागोमा आइतबार आयोजित एक कार्यक्रममा प्रदान गरियो । उनलाई यो सर्भिस अवार्ड ईलोनोय राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले प्रदान गरे  अमेरिकाको डेमोक्रेटिक पार्टीका बरिष्ठ नेतासमेत रहेका ह्वाइटले अवार्ड प्रदान गर्दै पत्रकार थापाको उज्जवल भविश्यको कामना गरेका थिए । उनले समुदायको हितका लागि थप सकृय हुन शुभकामना पनि दिए । 

सर्भिस अवार्डको प्रमाणपत्रमा आफ्नो समुदायको हित हुंदै देशको हितका लागि काम गर्नेलाई प्रदान गरिने यस अवार्डबाट तपाईलाई गोल्ड सर्भिस अवार्ड प्रदान गरिएको र आगामी दिनमा पनि थप सकृयताको शुभकामना व्यक्त गर्दछौं लेखिएको छ ।


प्रेसिडेन्स सर्भिस अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै पत्रकार थापाले भने- 'यसबाट आफ्नो क्षेत्रमार्फत् समुदाय पुर्याएको योगदानको कदर भएको छ । थप काम गर्नका लागि हौसला मिलेको छ ।' उनले यो अवार्डका लागि आफू निमित्त मात्र भएको बताउँदै आफ्नो पत्रकारिता यात्रामा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिए ।

नेपालको गुल्मी थातथलो भएका थापा नेपालमा रहंदा सञ्चारका सबै माध्यममा क्रियाशील थिए । नौ बर्षयता अमेरिकामा रहेका उनी ह्वाईट हिमाल टिभी हुंदै हाल कार्यक्रम यु स्टाट अगेन मार्फत सामुदायिक पत्रकारितामा क्रियाशील रहदै आएका छन् ।  

 
प्रकाशित मिति: : 2019-06-10 07:31:20

प्रतिकृया दिनुहोस्