अमेरिका-मेक्सिको सहमतिपत्र सार्वजनिक : अमेरिकामा शरण लिन मेक्सिकोमै आवेदन

अमेरिका-मेक्सिको सहमतिपत्रको प्रतिकात्मक प्रस्तुति । तस्विर : बीएल ग्राफिक्स

अमेरिकाले मेक्सिकोसँग जुन ७ मा गरेको सहमतिको उल्टो गणनाक्रम सुरू भएको छ । 

सहमतिमा ४५ दिनभित्र मेक्सिको हुँदै अमेरिका आउने कागजपत्रविहिन आप्रवासीको प्रवाह रोक्न नसके मेक्सिको शरणार्थी मामिलामा 'सुरक्षित तेस्रो मुलुक' बन्न राजी भएको छ । 

यो प्रावधानअनुसार मेक्सिको हुँदै अमेरिकामा शरण लिन जानेहरूले  मेक्सिकोमै आवेदन दिनुपर्ने हुन्छ।

अमेरिकी  राष्ट्रपति ट्रम्प सुरूदेखि नै यही चाहिरहेका थिए । पछिल्लो सहमतिले  उनको यो चाहना पूरा मात्र भएको छैन, अमेरिकाको हात पनि माथि परेको छ । 

यसैबीच मेक्सिकोले नै सहमतिको पूर्णपाठ पनि बाहिर ल्याएको छ । 

 

प्रकाशित मिति: : 2019-06-16 09:05:17

प्रतिकृया दिनुहोस्