अमेरिकीमा आइएसको धरपकड र देशनिकाला कारबाही दुई साताका लागि स्थगित

आइएसको धरपकड र देशनिकाला कारबाही दुई साताका लागि स्थगित । प्रतिकात्मक तस्बिर

अमेरिकामा कागजपत्रविहिन आप्रवासीलाई पक्राउ गरी देश फर्काउने कारबाही दुई साताका लागि पर सरेको छ । यसको जानकारी राष्ट्रपति डोनल्ड ट्रम्पले एक ट्विटमार्फत् गराएका हुन् । उनले डेमोक्रयाटहरुकै आग्रहमा यस्तो निर्णय लिएको बताएका छन् ।

उनले रिपब्लिकन र डेमोक्रेट्स मिलेर दक्षिणी सिमानामा देखिएको समस्या र आप्रवासी समस्या समाधानका लागि काम गर्ने अपेक्षा गरेका छन् । यदि त्यस्तो नभएमा दुईसातापछि देश निकाला सुरू हुने पनि उनले ट्विटमार्फत जानकारी गराएका छन् ।

राष्ट्रपति ट्रम्पले गत सप्ताहान्तमा सन् २०२० को राष्ट्रपतिय चुनावी क्याम्पेन सुरूगर्ने पूर्वसन्ध्यामा अर्को सातादेखि कागजपत्रविहिन् आप्रवासीलाई अर्को सातादेखि पक्राउ गरी देश निकाला गर्ने घोषणा गरेका थिए । उनको त्यो घोषणापछि अमेरिकामा रहेका आप्रवासीमाझ एक खालको आतकं सिर्जना भएको थियो । 

राष्ट्रपति ट्रम्पको घोषणालाई कार्यान्वयन गर्न इमिग्रेसन एण्ड कष्टम इन्फोर्समेन्ट (आइस)ले पनि त्यही किसिमको तयारी गरेको थियो । आइसका निर्देशक मार्क मोगनले अमेरिकाभित्र बसोबास गरीरहेका अवैध आप्रवासीलाई नछोडिने बताएका थिए । उनले  कारबाही फ्लोरिडाबाट शुरु गरिने धरपकड सनफ्रान्सिस्को, लस एन्जलस,न्युयोर्क, न्यु ओर्लियान्स, एटलान्टा सिकागो, ह्युस्टन तथा मेरिल्याण्डमा गरिने जनाएका थिए । 

अमेरिकामा दुई साताका लागि कागजपत्रविहिन आप्रवाीलाई राहत मले पनि यो स्थायी समाधान हैन । ढिलो चाँडो कारबाहीमा हुने सम्भावना ज्यूँकात्यू छ । 

प्रकाशित मिति: : 2019-06-23 04:22:04

प्रतिकृया दिनुहोस्