किमले पाए ट्रम्पको चाखलाग्दो व्यहोराको 'गजबको चिठी'

किमले पाए ट्रम्पको चाखलाग्दो व्यहोराको 'गजबको चिठी' । प्रतिकात्मक तस्बिर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनलाई एक व्यक्तिगत पत्र पठाएको खुलासा भएको छ । 

उत्तर कोरियाली नेता उनले आफैं यसको खुलासा गरेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ।

केसीएनएका अनुसार किमले त्यो पत्रलाई "गजब"को भन्दै प्रशंसा गरेको र त्यसमा रहेको "चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने" आशय व्यक्त गरेका छन् ।

उत्तर कोरियाली नेताले जुन महिनाको प्रारम्भमा आफूलाई "एउटा सुन्दर चिठी" पठाएको ट्रम्पले पूर्वजानकारी दिएको पनि खुलासा गरेका छन् । तर, यतिबेलै ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने खुलासा भने गरिएको छैन।

यता,  ह्वाइट हाउसले भाे त्यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको बैठक विना कुनै निष्कर्ष टुङ्गिएको थियो। त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अवरुद्ध हुन पुगेको हो। तर हालै चिनियाँ राष्ट्रपति सी जिन पिङको प्योङ्याङ भ्रमणपछि परमाणुनिरस्त्रीकरणको विषयमा अवरुद्ध वार्ता पुन: सुरु हुन सक्ने आशा बढेको छ।

 

प्रकाशित मिति: : 2019-06-23 23:26:52

प्रतिकृया दिनुहोस्