अमेरिकाको डिसी मेट्रो सप्ताहमा २० लाख ३४ हजार अमेरिकी डलर दानको घोषणा

अमेरिकाको राजधानी वासिङ्टन डिसी महानगर क्षेत्रमा आयोजित डिसी मेट्रो सप्ताह २०१९ शनिबार सम्पन्न भएको छ । आयोजकका अनुसार सप्ताहमा दाताहरूले २० लाख ३४ हजार डलर दिने प्रतिवद्ध्ता जनाएका छन् भने १० लाख डलर तत्कालै उठेर च्यारिटीको नयाँ कीर्तिमान बनेको छ । 

यो रकम विभिन्न हैसियतमा नेपाली सामदायिक भवनमा रहने ८ सय २० जना दाताबाट जुटेको हो । उनीहरूमध्ये संस्थापक आजीवन सदस्य ५०८, संस्थापक ट्रष्टी  १४६, संस्थापक बेनेफ्याक्टर २९, संस्थापक संरक्षक १० ,संस्थापक प्लाटिनम सदस्य ८ र बार्षिक सदस्य ११९ जना रहेका छन् ।  यस अतिरिक्त भेटी, पूजा र छुटपुट दानका रूपमा पनि उल्लेख्य पैसा जम्मा भएको बताइएको छ ।  

सबैभन्दा बढी रकमको प्रतिबद्धता डिसी मेट्रो सप्ताह २०१९ का संयोजक अरुण रुपाखेती नै गरे । उनले सप्ताहको अन्तिम दिन जुन २९ सप्ताह ५५ हजार ५ सय ५५ डलर ५५ सेन्ट दान गर्ने घोषणा गरे ।उनले आफू सामान्य घण्टा हान्ने काम गर्ने भएर पनि धन भएर हैन मन भएर यति रकम दान गरेको बताए । यसरी नै इञ्निनियर तथा निर्माण व्यवसायी प्रेम भण्डारीले ५० हजार दान दिने घोषणा गरेका थिए ।  

नेपाली सामुदायिक भवन निर्माणका लागि आयोजित सप्ताहमा डीसी महानगर क्षेत्रका अगुवा नेपालीले मन खोलेर दान दिए ।  राम्रो कामको लागि भएको एक किसिमको प्रतिस्पर्धालाई कसैले पनि नराम्रो भनेनन् ।  

जुन २२ देखि सुरू भएको सप्ताहका मुख्य वाचक पण्डित दिनबन्धु पोखरेल रहेका थिए । 

प्रकाशित मिति: : 2019-07-01 01:05:22

प्रतिकृया दिनुहोस्