नेपाली चेली कञ्चनलाई डायना मेमोरियल अवार्ड

डायना मेमोरियल अवार्ड विजेता पहिलो नेपाली कञ्चन अमात्य । तस्बिर : डायना मेमोरियल अवार्ड

नेपाली चेली कञ्चन अमात्य बेलायतको प्रतिष्ठित डायना मेमोरियल अवार्डबाट सम्मानित हुने भएकी छिन् ।

युनए वुमनको महिलाको आर्थिक शशक्तिकरणका लागि विश्वव्यापी च्याम्पियनमा सक्रिय कञ्चनलाई असाधारण सामाजिक तथा मानवीय कार्यका लागि यो सम्मान प्रदान गर्न लागिएको बताइएको छ । 

सन् १९९७ मा एउटा कार दुर्घटनामा निधन भएकी बेलायती युवराज्ञी डायनाको सम्झनालाई चीरस्थायी बनाउन स्थापित यो अवार्ड स्थापित गरिएको हो । अवार्डलाई बेलायती शाही परिवार, राजकुमार ह्यारी, राजकुमार विलियमलगायतको समर्थन रहेको छ । डायना मेमोरियल अवार्ड हरेक वर्ष डायनाको जन्मदिन पारेर नौ वर्षदेखि २५ वर्ष बीचका बेलायत र विश्वका किशोर तथा युवालाई प्रदान गरिन्छ । 

 कञ्चन यो अवार्ड प्राप्त गने पहिलो नेपाली हुन् । उनी सामाजिक उद्यम सस्टेनेवल फिस फामिंग इनिसियटिभकी संस्थापक हुन् ।

केही दिनअघि मात्र कञ्चन अमेरिकाको प्रतिष्ठित राइस अवार्डद्वारा सम्मानित भएकी थिइन् ।

ललितपुरको जावलखेलकी कञ्चन अमात्यले हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी छिन् ।  

प्रकाशित मिति: : 2019-07-04 06:57:09

प्रतिकृया दिनुहोस्