कोरम पुग्ला त एनआरएन अमेरिकाको शिकागो साधारणसभाको ?

एनआरएन अमेरिकाको शिकागो साधारणसभामामा गणपुरक संख्या 'कोरम' पुर्याउन नै हम्मेहम्मे परिरहेको बताइएको छ । भौतिक रूपमा गणपुरक संख्यामा सदस्यहरू शिकागो पुग्ने संकेत नदेखिएपछि महासचिव बी आर लामा  साधारण सदस्यलाई दिनहुँजस्तो प्रोक्सी प्रतिनिधिका लागि फाराम भरेर पठाउन इमेल पठाइरहेका छन् । तर, त्यसबाट पनि आशातित सफलता हासिल नभइरहेको बताइएको छ । 

वर्तमान कार्यसमितिका एक बोर्ड अफ डाइरेक्टरले त्यसको खुलासा गरेका हुन् । ब्रेक एन लिंक्ससँगको संक्षिप्त कुराकानीमा उनले भने- साधारणसभामा अति कांग्रेसीकरण गरिएका कारण कांग्रेस इतर विचार बोक्नेहरूको मन अमिलो भएको छ । उनले आफू पनि साधारणसभामा सहभागी नहुने बताउँदै अगाडि भने- म संलग्न संस्थाले बाल्टिमोरमा नेपाली नेशनल कन्भेन्सन २०१९ आयोजना गरेको छ । मेरो लागि शिकागोभन्दा बाल्टिमोर नजिक पनि छ । त्यसैले मैले यसपटक शिकागो नजाने निर्णय गरें ।' 

एनआरएनका अर्का एक साधारण सदस्यले भने- नेपालमा सत्तारूढ नेकपाको दुईतिहाईको दम्भ जस्तो छ, अमेरिकाको एनआरएनमा कांग्रेसीहरूको ज्यादति त्योभन्दा कम छैन ।उनीहरू साम, दाम दण्ड भेद लगाएर एनआरएनलाई नेपाली कांग्रेसकै भातृसंगठन जस्तो बनाइरहेका छन्। त्यहा फरक विचार बोक्नेको कुनै इज्जत नै छैन । जहाँ कांग्रेस नहुनुको मूल्य चुकाउनुपर्छ, त्यहाँ जाने कुरै भएन । ' उनले साधारणसभाको प्रमुख अतिथि र अतिथि बोलाउनेदेखि हरेक कुरामा एकलौटी गरेको बताउँदै सहभागी हुन नै मन परेको पनि बताए ।

यसैबीच एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले सदस्यलाई साधारणसभामा सहभागी हुन निम्तो पठाएका छन् । उनले आफ्नो दोस्रो कार्यकालको अन्तिम पत्रका रूपमा पठाएको निम्तोामा पनि उनीसँग असहमत हुने पक्षलाई सत्तोसराप नै गरेका छन् । उनले आफ्नो कार्यकालमा सफलताहरूको उल्लेख गर्दै सबै साधारणसदस्यलाई सहभागी हुन निम्तो गरेका छन् । 

एनआरएन अमेरिकाको विधानअनुसार साधारणसभाको कोरम पुर्याउन १० प्रतिशत साधारण सदस्य उपस्थित हुनुपर्ने हुन्छ ।  

प्रकाशित मिति: : 2019-07-04 16:29:01

प्रतिकृया दिनुहोस्