 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                ईश्वरी राई (इशु)
 
                                मीना परियार। उमेर ४५ वर्ष । घर सर्लाही। पेशा टेम्पु ड्राइभर। शिक्षा छैन्।
घरको आर्थिक अवस्था कमजोर भएकाले अभाव र पीडामा बाल्यकाल वितेको परियारका दुई दाजु र एक भाइ छन्।
उनी ६ वर्षको हुदाँ पिता छत्रबहादुर परियारको निधन भयो। माता शुकमायाले अर्काको घरमा काम गरेरै छोराछोरी हुर्काएकी थिइन्।
घरको आर्थिक अवस्था नाजुक भएकै कारण उनले शिक्षा दिक्षा पाइनन्। दाजु भाई पनि अरूकै घरमा काम गर्ने गर्थे। ८ वर्षकी बालख उनी पनि गाउँकै जमिन्दार जिन्दबहादुर उप्रेतीकोमा काम गर्थिन्। ‘आफ्नो ज्यान पाल्नका लागि मात्रै काम गर्थेँ। काम गरेवापत कहाँ पैसा दिनथ्योर मालिकले’, उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भनिन्, ‘ज्यान पाल्नकै निम्ति अर्काको घरमा काम गर्न बसेँ।’
अर्काकै घरमा काम गर्न थालेको ५ वर्षपछि उनी आफ्नै घरको काममा व्यस्त हुन थालिन्।
१४ वर्षको कलिलो उमेरमा बौद्धका श्याम परियारले विवाहको प्रस्ताव राखे। आफ्नै काकाकी छोरी मैयाका देवर त्यो पनि काठमाडौंमा घर भएकाले सानोमा दुःख पाएकी मीनाले नाइ भन्न सकिनन्।
राम्रै होला भन्ने सोचेर बिहे गरेकी मीनालाई कहाँ सोचेजस्तो भयो र?
विवाह भएकै साल उनी श्रीमान श्यामसँग काठमाडौं भित्रिइन्। राजधानी प्रवेश गरेपछि उनी मित्रपार्कमा ६० रूपैँया प्रतिमहिना कोठा भाडा तिरेर बस्न थालिन्।
‘बौद्धका एक तले घर त बेचिसकेका रहिछन्’, उनले भनिन्, ‘सासु र ससुराका उपचारका निम्ति घर बेचेका रहेछन्। तीन जना दाजुभाईले अंश बाडेर सकाएछन्।’
श्रीमान डाइभर भएकाले घरमा श्रीमानको वास खासै नहुने उनले भनिन्। ‘घरमा एक्लै हुन्थेँ’, उनले भनिन्, ‘त्यसपछि माइत गएर बस्ने निणर्य गरेँ।’
माइत गएर बसेको वर्षौं बित्दा पनि श्रीमानको कुनै अत्तोपत्तो नभएपछि उनी फेरि काठमाडौं आइन्।
काठमाडौं आएर उनी फेरि श्रीमानसँगैं बस्न थालिन्। विवाह गरेको २ वर्षपछि उनले १६ वर्षकै उमेरमा पहिलो सन्तान छोरीलाई जन्म दिइन्। तर, उनको जन्म ६ महिनाका लागि मात्र भयो।
२०४८ सालमा उनले दोस्रो सन्तानका रूपमा छोरी मुनालाई जन्म दिइन्। तर, श्रीमानको मन बदलिसकेको थियो। छोरीको जन्म भइसकेपछि पनि श्रीमानले उनलाई वास्ता गरेनन्। काम पनि छोडिसकेका थिए। दिनभरी रक्सी पिएर हिँड्ने भइसकेका थिए।
त्यसपछि उनले ज्यामी काम गरेर छोरी पाल्न बाध्य भइन्। २०५० र ५२ सालमा तेस्रो र चौथो सन्तानका रूपमा दुई छोरा अजय र विजयलाई जन्म दिइन्।
बाबुले सन्तानप्रति खासै चासो नदेखाएपछि मीनाले नै ज्यामी काम गरेर सन्तानलाई पाल्न थालिन्।
अलि ठूली भएपछि उनले छोरीलाई पनि आफैसँग ज्यामी काम गर्न लगाइन्। ‘सबै जनाको छाक टार्न गाह्रो भएकै कारण मैले छोरीलाई पनि काममा लगेकी थिएँ’, उनले विगतलाई निल्याल्दै भनिन्, ‘तर त्यो बालख काम गर्न सक्दिनँ भन्दै रून्थी।’
काममा लागेकी छोरीले रूँदै पढ्ने मन गर्दा आफूले उनलाई पनि अर्काको घरमा राखेको बताइन्। ‘आफैंले पढाउन सक्ने क्षमता थिएन। त्यसैले छोरीलाई लाहुरेको घरमा राखी दिएँ’, उनले भनिन्, ‘लाहुरेले नै पढाईदिन्छु भनेका थिए। दुई महिनापछि नै लाहुरे लन्डन फर्किएपछि छोरी रूँदै फर्किइन्।’
तर छोरीले पढ्ने इच्छा व्यक्त गरेपछि उनले पनि छोरीलाई पढाउने निधो गरिन्। 'छोरीले नै बरू म एक छाक मात्र खान्छु तर, पढ्छु आमा भनेकी थिइन्,’ उनले भनिन्, 'त्यहीँ भएर मैले उनलाई पढाउने निर्णय गरेँ।'
सात कक्षासम्म उनले जसोतसो खर्च गरेर छोरी पढाइन्। त्यसपछि छोरी मुनाले स्नान्तकतहसम्म स्कलरकै सहायताले पढिन्। त्यसपछि फाइनान्समा जागिरे भइन्।
छोराहरूले भने खासै पढ्न पाएनन्। एउटाले २ कक्षासम्म पढ्दा अर्कोले ८ सम्म पढ्यो।
खर्चै नभएर आफूले छोरालाई पढाउन नसकेको उनले बताइन्। ‘ज्यान पाल्न नै मुश्किल थियो। कसरी पढाउन सक्थेँ र छोरालाई?', उनले भनिन्।
ज्यान कमजोर भएपछि उनले ज्यामी काम छोडेर नयाँ बानेश्वरको एउटा होटलमा काम गर्न थालिन्।
'मैले भिख र इज्जत मासिने काम मात्र गरिनँ। बाँकी सबै काम गरेँ’, उनले भनिन्, ‘अर्काको घरमा लुगासमेत धोएँ।
ठूलो छोरा अजयले पनि खलासी काम गर्न थालेको उनले बताइन्। 'पढाईमा पनि खासै चासो थिएन। अनि खलासी बन्न गयो’, उनले भनिन्।
छोराले मेरो दुःख देखेर होला मलाई पनि अब धेरै काम नगर्नू आमा भन्दै सम्झाउँथ्यो।
तर छोराले काम नगर्नु भने पनि के गरेर खाने भन्दै उनले कामलाई निरन्तरता दिइन्।
खलासी भएका छोराले नै उनलाई टेम्पु चलाउन आग्रह गरेको उनले खुलाइन्।
छोराकै कुरा सुनेर उनी श्रीमानका साथीको श्रीमती सुविको सरणमा गइन्। ‘टेम्पु सिकाउँछु भनेर उनले मलाई बाचा गरेकी थिइन्’, मीनाले भनिन्, ‘त्यसैले मैले उनी कहाँ नोकर्नी झैँ काम गरेँ र कान्छा छोरालाई पनि ड्राइभर बन्ने आशामा खलासीका लागि उनकैमा पठाएँ।’
उनलाई सुविले टेम्पु सिकाउने भने पनि पुरा सिकाइनन्। त्यसपछि रचिला तामाङले उनलाई बतिसपुतलिस्थित जेसिआई नेपाल संस्थामा पुर्याइदिइन्।
तर नपढेको मान्छेका लागि त्यहाँ पनि सजिलो थिएन। एक कक्षा पनि नपढेकी मीनाले परीक्षा दिनुपर्यो, जसमा उनी असफल भइन्। असफल भए पनि उनले हार मानिनन्। संस्थाले नै उनको जिम्मा लिने भएपछि उनलाई सोम मगरले टेम्पु चलाउन सिकाए।
दुई महिनाको तालिम सकिँदा उनले टेम्पु चलाउन सिकिसकेकी थिइन्। तर सिकेर मात्र कहाँ हुन्थ्यो र बाटोमा चलाउन लाइसेन्स पनि चाहिन्थ्यो।
‘त्यति सजिलो थिएन मेरो लागि लाइसेन्स निकाल्न। त्यसमा पनि परीक्षा दिनुपर्ने थियो,’ लाइसेन्स परीक्षामा दुई पटक असफल भएको भन्दै उनले भनिन्, ‘यातायात कार्यालयमा गएर रोइकराई गरेँ। आफ्नो दुःख देखाएँ, अनि मात्रै मैले लाइसेन्स पाएँ।
टेम्पु चलाउन थालेपछि उनको दिनहरू परिवर्तन भए। बिहान ८ बजे घरबाट निस्किने उनी दिनभरी आरूबारीदेखि सुन्धारासम्म 'बा १ ह ३६९३ नम्बरको टेम्पु चलाउन थालिन्।

टेम्पु चलाएवापत टेम्पु मालिकलाई २८०० बुझाएर बाँकी रहेको पैसाले घर खर्च राम्ररी चलाउन थालिन्। खान लाउनको समस्या हुन छाड्यो।
काम गर्ने क्रममा ट्राफिक प्रहरीले भन्दा टेम्पु चलाउने साथीबाटै धेरै दिक्दारी पाएको उनको गुनासो थियो।
‘साथीहरू आफैं मात्र पैसा कमाउनुपर्छ भन्ने सोच्छन्। एक जनालाई समस्या पर्दा अर्कोले सहयोग गर्नका सट्टा ताली पिटछन्’, उनले गुनासो पोख्दै भनिन्, ‘बरू मत त्यस्तासँग बोल्दिनँ आनन्दै हुन्छ।’
ट्राफिकले पनि गल्ती नगरी चिट नकाट्ने भन्दै उनले ट्राफिकले आफूलाई कहिल्यै दुःख नदिएको बताइन्। उनी कामबाट आफू पुरा सन्तुष्ट भएको बताउँछिन्।
‘हुन त यो काम पनि सजिलो त कहाँ छ र। तर, मैले गरेको अरू कामभन्दा अली सजिलो छ’, उनले भनिन्।
आफूले गरेको काम सन्तोषजनक भए पनि कतिपयले नराम्रो भन्ने गरेको उनी बताउँछिन्। ‘ड्राइभरहरू पनि कहाँ राम्रा हुन्छन र। मनपरी बोल्ने पनि त हुन्छन् नि,' उनले भनिन्, ‘मलाई पनि मेरो रूटमा चलाउने एक ड्राइभरले जिस्काएको थियो। रिस उठ्यो अनी गालामा चड्कन हानिदिएँ, मान्छेले त्यसै त नराम्रो भन्छ हाम्रो पेशालाई। त्यसमाथि जिस्काउँदा रिस उठ्दैन त?’
आफूलाई जिस्किएको मन नपर्ने भन्दै उनले जिस्काउनेलाई पनि नछोड्ने बताइन्। आफ्नो पेशालाई अरूले पनि चिनेर इज्जत गर्नुपर्ने भन्दै उनले कामलाई इज्जत गर्दा आफूले पनि इज्जत पाइने बताइन्।
उनले टेम्पु चलाउने ड्राइभरलाई दिएजस्तै टेम्पु चलाउनेलाई पनि छुट्टै पोशाक दिनुपर्ने बताइन्।
उनले गाउँमा सबैलाई एकै ठाउँमा घर बनाएर राखिदिएकी छन्। ‘मेरो आमा पनि त्यहीँ हुनुहन्छ, श्रीमानसँग त फोनमा मात्र कुरा हुन्छ, उनको काम भनेकै मातेर हिँड्ने हो,' उनले भनिन्, 'राजधानीमा हामी तीन जना आमा छोरा मात्रै बस्ने गरेका छौं।’
छोरी मुना दुई वर्षअघि दुबई गइन्। बेलामौकामा खर्च पनि पठाइदिने गरेकी छन्। छोरी २९ वर्षकी भए पनि विवाह गर्ने सोचमा उनी नरहेकी बताइन्।
‘मेरो लागि केही गरेर मात्रै विवाह गर्छु आमा भन्छिन्', उनले भनिन्, ‘सायद कुनै जन्ममा पुण्य गरेको थिएँ होला र त आज यस्ता बुझ्ने छोराछोरी पाएकी छु।’
जेठा छोरा अजय भने २ छोराका बाबु भइसकेका छन्। आफूसँग सम्पति नभए पनि असल छोराछोरी पाएकोमा खुसी छन् मीना। भन्छिन्- भगवानले हेर्लान् नि।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया