सानफ्रान्सिस्कोको रिजक्रेस्टमा ‘हाई अलर्ट’, भूइँचालो फर्किन सक्ने भविष्यवाणी

Agency

अमेरिकाको क्यालिफोर्नियामा शुक्रबार साँझ गएको ७ दशमलव १ म्याग्नीच्युडको शक्तिशाली भूइँचालो पुनः फर्किन सक्ने बताइएको छ।

क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित प्रतिष्ठित भूकम्पमापन केन्द्रले यसको भविष्यवाणी गरेको हो।

क्यालिफोर्निया भूइँचालोको लागि अति जोखिम मानिन्छ। विहिबार मात्र क्यालिफोर्नियाको रिजक्रेस्टबाट ११ माइल दुरीलाई केन्द्रबिन्दु बनाउँदै ६ दशमलव ४ म्याग्नीच्यूडको भूइँचालो गएको थियो।

त्यसको अर्को दिन शुक्रबार साँझ फेरि ७ दशमलव १ म्याग्नीच्यूडको शक्तिशाली भूइँचालो गएको थियो।

शुक्रबार स्थानीय समयअनुसार ८ बजेर १६ मिनेटमा रिजक्रेस्टबाट ११ माइल दुरीमै केन्द्रबिन्दु बनाएर शक्तिशाली भूइँचालो गएको हो।

शुक्रबारको भूइँचालोमा छिमेकी मेक्सिकोमा समेत कम्पनको अनुभव गरिएको थियो।

 

 

 

प्रकाशित मिति: : 2019-07-06 15:24:03

प्रतिकृया दिनुहोस्