मंगलबार डुबानले हाहाकार मच्चाएको वासिङ्टन डीसी बुधबार घाममा रमाउँदै (भिडियो सहित)

फाेटाे: बिएल

अमेरिकाको मौसम भन्नै सकिन्न- एक क्षण अघि टण्टलापुर घाम लागिरहेको हुन्छ भने एकै क्षणपछि भारी वर्षा भएर भेलबाढी नै आउँछ । त्यसैले क्षण क्षण स्मार्टफोनमा मौसम चेक गरिरहनु अमेरिकी दैनिकीको एक अंश नै हुन्छ ।

मंगलबार अमेरिकी राजधानी वासिङ्टन डीसीमा भारी वर्षा भयो । यति भारी कि भेल बाढी नै आयो । सडकहरू जलमग्न भए, यातायातका साधनहरू सडकमा गुड्ने अवस्था नै रहेन । कतिपयलाई सडकबाट उद्धार नै गर्नुपर्यो । नजिकको हवाइ मैदानमा दुई फिटसम्मको पानी जम्यो । अणडरग्राउण्ड मेट्रोमा पनि भेल पस्यो । 

राष्ट्रपति कार्यालय ह्वाइह हाउसको नेशनल अर्काइभ हाउसमा समेत पानी पसेर महत्वपूर्ण दस्तावेज जोगाउन नै हम्मे हम्मे पर्यो ।

वासिङ्टन डीसी घुम्न हिडेकाले आफ्नो योजना नै रद्द गर्नुपर्यो । 

तर, बुधबार वासिङ्टन डीसीको मुड र मौसम यस्तो थियो कि मंगलबार त्यहाँ त्यस्तो केही भएकै हैन । भारी वर्षा नै भएन, भेल बाढी नै आएन । यातायातका साधन नै चलेनन् । अझ समाचारको शीर्षक नै बनेको ह्वाइट हाउसमा पानी नै छिरेन ।

टण्टलापुर घाम लागेको बुधबारको वासिङ्टन डीसी हेर्दा लाग्थ्यो- अमेरिकाको मौसम भन्नै सकिदैन, यति नक्कले हुन्छ कि क्षण क्षणमै मौसमी रूप फेरिरहन्छ यो ।

प्रकाशित मिति: : 2019-07-11 08:52:45

प्रतिकृया दिनुहोस्