राष्ट्रपति ट्रम्पको 'आफ्नो देश फर्क' ट्विटका कारण अमेरिकी जनमतको ठाडो ध्रुवीकरण

अमेरिकी राष्ट्रपति ट्रम्प र आप्रवासी मूलका चार महिला सांसद आम्नेसाम्ने : जारी छ वाकयुद्ध । ब्रेक एन लिंक्स ग्राफिक्स ।

अमरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र आप्रवासी मूलका चार महिला सांसदबीचको वाकयुद्धले अमेरिकी जनमत तीब्र ध्रुवीकरण भएको छ । आप्रवासीमैत्री सोच भएकाहरू चार महिला सांसदको पक्षमा देखिएका छन् भने आप्रवासीविरोधी मत राट्रपति ट्रम्पको पक्षमा देखिएको छ । 

राष्ट्रपति ट्रम्पले "आफ्नो देश" फर्कन भनेका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमरले एक पत्रकार सम्मेलन गरेर उनको टिप्पणीलाई विभेदकारी भन्दै खेद प्रकट गरेका थिए । 

जवाफमा राष्ट्रपति ट्रम्पले उनीहरूले अमेरिकाका शत्रुलाई मन पराएको आरोप लगाउँदै अमेरिकामा खुसी नभए उनीहरू देशबाहिर जान सक्ने जवाफ दोहोर्याएका छन् ।

राष्ट्रपति ट्रम्प र चार सांसदबीचको यो वाकयुद्धलाई लिएर अमेरिकी जनमत विभाजित भएको छ । 

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले सार्वजनिक रूपमा उनको पक्ष लिएको छैन । पार्टीमा ट्रम्प पक्षधर केहीले राष्ट्रपतिले ठीकै भनेको भनेर उनको भनाइको प्रतिरक्षा गरेका छन् भने केहीले  उनको टिप्पणीलाई भद्दा र अनावश्यक बताएका छन् । 

उता, डेमोक्रेट पार्टीका नेता तथा कार्यकर्ता भने एक मत भएर राष्ट्रपतिको भनाई अस्वीकार्य भएको बताइरहेका छन् । उनीहरूको भनाइ राष्ट्रपति ट्रम्प मुलुकलाई विभाजन गर्न घृणाको राजनीति गरिरहेका छन् । 

विवाद आइतबार ह्वाइट हाउसबाहिर आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ती महिला सांसदलाई "पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको" भन्दै उनीहरूलाई आफ्नो थातथलोतिर फर्कन भनेपछि सुरू भएको थियो । 

चारैजना महिना सांसदहरू सन् २०१८ को आमचुनावमा डेमोक्रेटिक पार्टीबाट चुनिएका हुन् । चारजनामध्ये ओमर बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् भने अरू तीन जना अमेरिकामै जन्मेहुर्केका हुन्। 

प्रकाशित मिति: : 2019-07-17 04:22:15

प्रतिकृया दिनुहोस्