अमेरिकामा आइस छापामा ३५ पक्राउ : मिलेन सफलता तर बढ्यो ट्रम्पको लोकप्रियता

अमेरिकामा दुईहजार आप्रवासी परिवारलाई लक्षित गरी चलाइएको पछिल्लो आइस अपरेशनमा अहिलेसम्म ३५ जना मात्र पक्राउ गरिएको समाचार सार्वजनिक भएको छ । 

हजारौलाई पक्राउ गरी देश निकाला गरिने भनेर आइस आतंक मच्चाइए पनि उसलाई सानो सफलता मात्र लागेको छ ।

आइसका अनुसार पक्राउ परेका १८ जना पहिले देशनिकालाको आदेश पाइसकेका दुईहजार परिवार भित्रका हुन् । बाँकि १७ जना भने आइसले छापा मार्ने क्रममा भेटिएका कागजपत्रविहिन आप्रवासी हुन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२० का लागि राष्ट्रपतिको चुनावी क्याम्पेन सुरू गर्ने पूर्वसन्ध्यामा १० ठूला सहरका हजारौ आप्रवासीलाई देश निकाला गर्न आइसलाई आदेश दिइसकेको बताएका थिए । त्यसयता यस प्रकरणमा अनेकौं नाटकीय परिवर्तन आए पनि छापा मार्ने क्रम जारी छ । तर, जति नै छापा मारे पनि सफलता भने आइसलाई नाम मात्रको मिलेको छ । हजारौको संख्यामा पक्राउ पर्नुपर्नेमा अहिलेसम्म ३५ जना पक्राउ परेबाट पनि सफलतालाई आँक्न सकिन्छ ।

यसैबीच अमेरिकी महान्यायाधिवक्ताले कागजपत्रविहीन आप्रवासीहरू प्रकाउ पर्नबाट जोगिन घरभित्रै बसेकाले आइसलाई आशातित सफलता हात नलागेको बताएका छन् । 

तर, आइसलाई छापा मार्न दिइएको आदेशबाट राष्ट्रपति ट्रम्पलाई भने राजनीतिक फाइदा मिलेको छ । यही छापापछि २९ प्रतिशत डेमोक्रेटसहित ५१ प्रतिशत अमेरिकी मतदाताको समर्थन प्राप्त भएको छ । 

प्रकाशित मिति: : 2019-07-24 02:57:00

प्रतिकृया दिनुहोस्