संसदमा मलरको बयान : मडारिदैछ ट्रम्पतिर 'महा-अभियोग'को कालो बादल

अमेरिकामा राष्ट्रपति ट्रम्प फेरि एकपटक रक्षात्मक बन्ने स्थितिमा गुगेका छन् । रबर्ट मलरले संसदीय समितिमा बयान दिने क्रममा आफूले राष्ट्रपति ट्रम्पलाई निर्दोषिताको प्रमाण नदिएको बताएपछि उनको स्थिति यस्तो बनेको हो । 

मलर संसदीय समितिमा गएर बयान दिनु हुदैन भन्ने पक्षमा रहेका राष्ट्रपति ट्रम्प उनको यो बयानपछि थप बिच्केका छन् । उनले मलरले आफ्नो प्रतिवेदनको निचोडसँग बाँझिने कुरा गरेर अमेरिकालाई थप अनिश्चियतिर लैजान सघाएको आरोप लगाए । 

उनले मलर अनुसन्धान समय र स्रोतको बर्बादी मात्र भएको बताउँदै यसबाट सन् २०२० मा डमोक्रेटलाई थप घाटा हुने पनि बताए । उनले मलरलाई अन्तर्वाता नदिएर ठीक गरेको पनि बताए ।

उता, डमोक्रेटहरू भने अब राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने बाटो खुल्यो भनेर थप उत्साहित भएका छन् । सभामुख नान्सी पेलोसीले संसदका तीन महत्वपूर्ण समितिका सभापतिसँगै प्रेसलाई सम्बोधन गरेकी छिन् । उनले ढिलो चाँडो ट्र्म्पले अमेरिकामाथि गरेको  धोाकाधढीको मूल्य चुकाउनुपर्ने बताइन् । अमेरिकी जनतालाई खुला आँखा र दिमाखले हेर्ने दिन आएको बताउँदै उनले भनिन्- यस्तो ूट बोल्ने मान्छेबाट  न अमेरिकाको न अमेरिकी जनताको प्रतिष्ठा बढ्छ । 

रबर्ट मलरको बयानपछि तातेको अमेरिकी राजनीतिमा कुनै पनि बेला नाटकीय मोड नआउला भन्न सकिन्न । अमेरिकी राजनीतिका पण्डितहरू पनि 'चियाको कपमा तुफान' आउने पूर्व संकेतका रूपमा यसलाई ब्याख्या गरिरहेका छन् । 

 

 

 

 

प्रकाशित मिति: : 2019-07-25 05:00:22

प्रतिकृया दिनुहोस्