अमेरिकामा ईबी फाइब ग्रीनकार्डको न्युनतम लगानी १८ लाख डलर !

अमेरिकाको ईबी-५ लिने हो भने हतार गर्नुहोस् है- नोभेम्बर २१ पछि त १८ लाख डलर हुँदैछ नि ! तस्बिर : प्रतिकात्मक/एजेन्सी

अमेरिकाले नोभेम्बर २१ देखि लगानीको आधारमा दिइने ग्रीनकार्ड ईबी फाइभ ९० प्रतिशत महंगो बनाउने भएको छ । 

बुधबार फेडरल रजिष्टारमा जारी गरिएको सूचनाअनुसार नोभेम्बर २१ देखि ईबी फाइभ ग्रीनकार्डका लागि स्ट्याण्डर्ड न्यूनतम लगानी १८ लाख डलर पुर्याइने भएको छ । अहिले न्युनमत स्टार्डर्ड लगानी १० लाख डलर रहेको छ । 

ईबी फाइब कम्तीमा पनि १० जना अमेरिकन कामदारलाई रोजगार दिनेगरी लगानीको आधारमा दिइने ग्रीनकार्ड हो । यो ग्रीनकार्डमा परिवारका सबै सदस्यलाई एक साथ पाउँछन् । 

नयाँ प्रावधानअनुसार लगानीको थ्रेसहोल्ड हरेक ५ बर्षमा स्वत: बढाइने पनि सूचनामा उल्लेख गरिएको छ । 

यसैगरी लक्षित रोजगारी क्षेत्रमा गरिने लगानी पनि बढाएर ९ लाख डलर पुर्याइने भएको छ । अहिले यस्तो लगानी पाँचलाख रहेको छ । 

 नयाँ प्रावधानअनुसार लक्षित रोजगारी क्षेत्र वेरोजगारी दर बढी भएको वा ग्रामिण क्षेत्रमा तोकिने छ । र, यस्तो तोक्ने अधिकार युएससीआईएसलाई मात्र हुनेछ । 

 

 

लगानीको थ्रेसहोल्ड हरेक ५ बर्षमा स्वत बढाइने जनाइएको छ । लक्ष्यीत रोजगारी क्षेत्र तोक्ने अधिकार अब युएससीआईएसमा मात्र हुनेछ । लक्ष्यीत रोजगारी क्षेत्र वेरोजगारी दर बढी भएको वा ग्रामिण क्षेत्र हुनेछ । नोभेम्बर २१ भन्दा अगाडि आवेदन दिनेहरुका सन्दर्भमा पुरानै नियम लागु हुने भएपनि नयाँ क्राइटेरिया पूरा नभएका रिजनल सेन्टरहरु नोभेम्बर २१ पछि अयोग्य हुनेछन् ।

कम्तीमा १० जना अमेरिकन कामदारहरुलाई रोजगार दिनेगरी ईबी फाइभ कार्यक्रम अन्तरगत लगानी गर्ने व्यक्तिले सपरिवार अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नसक्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति: : 2019-07-25 05:58:27

प्रतिकृया दिनुहोस्