अमेरिकामा फेरि चल्यो गोली : कति भए हताहती ?, भन्न सकिदैँन

अमेरिकाको क्यालिफोर्नियामा मास सुटिङ: ज्यान जोगाउन भागदौड । तस्बिर : एजेन्सी

अमेरिकाको पश्चिमतटीय राज्य क्यालिलोर्नियाको गिलरोयमा आयोजित गार्लिक फेस्टिबलमा गोलीबारी जारी छ । 

उत्तरी क्यालिफोर्नियाको यो ठूलो फेस्टिबलमा सहभागीहरूको भाडदौड मच्चिएको छ । 

प्रहरीले धेरै संख्यामा हताहती र घाइते हुने सम्भावना रहेको बताए पनि यति नै संख्या भनेर भन्न सकेको छैन । उसले अहिले पनि त्यहाँ गोलीबारी जारी रहेको बताएको छ । 

स्थानीय सञ्चारमाध्यमहरूले भिन्न भिन्न संख्यामा हताहती भएको बताइरहेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टि्वट गरी सुरक्षाकर्मी घटनास्थलमा पुगेर आवश्यक कारबाहीमा जुटेको बताएका छन् ।

क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसले घटनालाई नजिकबाट नियालिरहेको बताएकी छिन् । 

प्रकाशित मिति: : 2019-07-29 09:40:16

प्रतिकृया दिनुहोस्