यी हुन्- अमेरिकाको टेक्सासमा २० जनाको ज्यान लिने 'श्वेत-अतिवादी' प्याट्रिक

अति भयो हिस्प्यानिक अतिक्रमण - एल पासोमा २० जनाको ज्यान लिने प्याट्रिक कुरेसिस । तस्बिर : सामाजिक सञ्जाल

अमेरिकाको टेक्सास राज्यको एल पासोमा २० जनाको ज्यान लिने २१ वर्षीय प्याट्रिक कुरेसिस श्वेत-अतिवादी भएको खुलासा भएको छ । उनले यो आक्रमण हिस्पानिक अतिक्रमणविरूद्ध गरेको बताइएको छ । 

उनले सामाजिक सञ्जालमा पोष्ट गरेको एक म्यानिफेस्टोमा हिस्प्यानिक अतिक्रमण अति भएकोले आफूले जति सक्ने त्यतिलाई मार्ने जनाएका छन् । उनल े ट्विटमा राष्ट्रपति ट्रम्पको प्रशसा गर्दै उनले बनाउन लागेको पर्खाल र लिएको आप्रवासीविरोधी नीतिको समर्थन गरेका छन् ।

यो पनि पढ्नुस्

उनी डल्लास नजिकै एलेनका बासिन्दा रहेको बताइएको छ । सुरूमा लिबर्टी हाइस्कूलमा अध्धयन गरेका उनले प्लानो सिनियर हाइस्कूलबाट सन् २०१७ मा ग्राजुयसन गरेका थिए । उनी एक्लै बस्न मन पराउने र अरूले त्यसमा बाधा पुर्याए गाली गर्ने रिसाह स्वभावका थिए । 

सर्प पाल्न रूचाउने उनी असामाजिक प्राणी जस्तै थिए, उनका एक सहपाठीले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् ।

मास सुटिङका अन्य धेरैजसो घटनामा आक्रमणकारी मारिए पनि प्याट्रिक अपवादस्वरूप सकुशल पक्राउ परेका छन् । उनलाई प्रहरीले हत्या अभियोगमा मुद्दा चलाएर एल पासोको डाउन टाउन जेलमा पठाएको छ ।

एक प्रहरी अधिकारीले यो आक्रमण सम्भावित घृणा अपराधसँग सम्बन्धित हुनसक्ने बताएका छन् । एफबीआईले पनि यस घटनालाई घरेलु आतंकबादको आशंकामा अनुसन्धान सुरु गरेको बताएको छ । 

 

 

प्रकाशित मिति: : 2019-08-04 21:55:17

प्रतिकृया दिनुहोस्