अमेरिका-ओहायो मास सुटिङ : बन्दुकधारीको पहिचान, मारिनेमा बहिनी र केटा साथी पनि

हत्यारा कोनर र बहिनी मेगन : यी बन्दुके श्वेत युवकको गोलीले आफ्नै बहिनी र उनको केटा साथी पनि चिनेन । तस्बिर : सामाजिक सञ्जाल

अमेरिकाको ओहायो राज्यक डेटनमा नौजनाको ज्यान जाने गरी आक्रमण गर्ने व्यक्ति २४ वर्षीय कोनर बेट्स भएको बताइएको छ । प्रहरीका अनुसार मास सुटिङमा उसले आफ्नै २२ वर्षीय बहिनी मेगन बेट्स र उनको केटा साथीलाई पनि मारिदिएको छ ।

सानैदेखि मान्छे मार्न मन पराउने कोनरले के कारणले यो नरसंहार मच्चायो, त्यसबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

यो पनि पढ्नुस्

उसले एउटा ठूलो बन्दुकबाट एक मिनेटमा सयौं गोली दागेको र नौ जनाको ज्यान लिएको प्रहरीले जनाएको छ । 

यो घटनामा पनि श्वेत युवक नै संलग्न भएकाले कतै अमेरिकामा श्वेत आतंक त मच्चिन लागेको हैन भन्ने प्रश्न उठेको छ । 

एकै दिनमा भएका यी घटनाले अमेरिकामा गोरो छाला नभएकाहरूमा त्रास फैलिएको छ । 

प्रकाशित मिति: : 2019-08-05 00:51:25

प्रतिकृया दिनुहोस्