अमेरिका चीन मुद्रा-युद्ध सुरू: चीनले युआनको भाउ घटाउँदा अमेरिकी सेयरबजार ध्वस्त

अमेरिका चीन मुद्रा-युद्ध : अब के होला अर्थतन्त्रको भविष्य ? तस्बिर : एजेन्सी

आज अगष्ट ५, अमेरिकी सेयर बजारका लागि वर्षकै सबैभन्दा खराब दिन रह्यो आज । अमेरिकी राष्ट्रपति ट्रम्पले चिनिया सामानमा भन्सार थप्ने घोषणा गरेलगतै त्यसबाट जोगिनका लागि चीनले आफ्नो मुद्रा युआनको ठूलो मात्रामा अवमूल्यन गरिदियो । त्यसको पहिलो असर अमेरिकी शेयर बजारमा देखियो । 

अमेरिकी सेयर बजार द डाव ७६८ अंकले घट्यो । यस्तै अरू सेयर बजार पनि नराम्ररी घटे । यसबाट अमेरिकी अर्थव्यवस्थाले नै गतिलो 'चिनिया ब्लो'  खाएको अमेरिकी बजारविज्ञहरूले नै बताएका छन् ।

यो पनि हेर्नुहोस् 
दैवी प्रकोप उद्धार कोष स्थापना

अब युद्ध यही सकिन्छ कि अमेरिकाले पनि डलर अवमूल्यन गरेर त्यसको जवाफ दिन्छ ? सबैको चासो र चिन्ता त्यतातिर छ । यदि राष्ट्रपति ट्रम्पले चीनलाई झापड फर्काउने नाममा डलरको अवमूल्यन गरिदिए भने व्यापारयुद्ध मुद्रायुद्धमा परिणत हुने छ । त्यसले चीनलाई जति असर गर्छ त्योभन्दा बढी अमेरिकालाई असर गर्छ । र, यसको प्रभाव विश्व अर्थतन्त्रमै नराम्ररी पर्ने भनेर अर्थविदहरूले राष्ट्रपति ट्रम्पलाई त्यस्तो आत्मघाती निर्णय नलिन अनुरोध गरेका छन् ।

यो पनि हेर्नुहोस्
अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण।

अमेरिकी सेयर बजारमा ठूलो मन्दी आएकाले अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ आकासिएको छ । सेयरबजारका लगानीकर्ताले ठूलो नोक्सानी ब्यहोरेकाले उनीहरूले त्यो घाटापूर्ति गर्न सुनमा लगानी गरेका छन् । यसबाट सुनको मागको ग्राफ बढ्दा भाउ अचाक्लि बढ्न पुगेको छ । 

 

 

प्रकाशित मिति: : 2019-08-06 04:52:04

प्रतिकृया दिनुहोस्