अमेरिकामा पक्राउ गरेर छोडिएका आप्रवासीका खुट्टामा जीपीएसको कल्ली

अमेरिकाको मिसिसिपी राज्यमा पक्राउ गरेर छोडिएका तीनसय कागजपत्रविहीन आप्रवासी कामदारको खुट्टामा जीपीएसको कल्ली लगाइएको छ । देश निकालाको प्रक्रियामा रहेका उनीहरूको निगरानी गर्न यस्तो प्रपञ्च गरिएको बताइएको छ । 

आइएसका एक अधिकारीले देश निकाला हुनुअघि उनीहरू कार्यस्थल र घर आए/नआएको ट्याकिङ गर्न जीपीएस लगाइएको बताए । उनले पक्राउ परेका ६८० मध्ये ३८० जनालाई लुजियानाको अध्यागमन जेलमा पठाउन लागिएको पनि जानकारी दिए । 

यो पनि पढ्नुहोला 

को भिड्ला ट्रम्पसँग २०२० मा - यो हो सम्भावित सूची

यो दशककै सबैभन्दा ठूलो छापा भनिएको मिसिसिपीको खाद्य प्रशोधन केन्द्रबाट ६८० जनालाई पक्राउ गरिएको थियो । पक्राउ गरिएकामध्ये धेरैका नावालिग छोराछारीको बिल्लीवाँठ भएर त्यहाँ एक किसिमको मानवीय संकट नै  उत्पन्न भएको छ । अहिले पनि ठूलो संख्यामा बालबालिका चाइल्ड सेन्टरमा राखिएका छन् । 

यो घटनालाई लिएर अमेरिकी जनमत ध्रुवीकृत भएको छ । एकथरिले यसलाई मानवीय कोणबाट हेर्न भनिरहेको छन् भने अर्काथरिले यसलाई कानुनी कोणबाटै हेर्नुपर्ने बताइरहेका छन् । 

प्रकाशित मिति: : 2019-08-12 00:17:53

प्रतिकृया दिनुहोस्