अमेरिकाको शिकागोमा बन्दुक आक्रमण : ६ जना घाइते

अमेरिकाको शिकागोमा बन्दुक आक्रमण । तस्बिर : एजेन्सी

अमेरिकाको शिकागोमा आइतबार विहानै भएको एक बन्दुक आक्रमणमा ६ जना घाइते भएका छन् । 

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घाइे हुनेमा पाँच महिला र एक पुरूष रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको बताइएको छ । 

शिकागोको पश्चिम क्षेत्रको गार्लफिल्ड पार्क ड्राइभमा भैरहेको एक पार्टीमा एउटा गाडीबाट सटगनले आक्रमण गरिएको थियो । आक्रमणकारी अपरिचित रहेको र उसको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

अगस्ट २ यता शिकागो क्षेत्रमा मात्र बन्दुक आक्रमणका ३२ घटना घटिसकेको एक प्रहरी अधिकारीले बताएका छन् । उनले शिकागोमा भएको बन्दुक आक्रमणका घटनाको यो कीर्तिमान भएको पनि बताए ।

 

प्रकाशित मिति: : 2019-08-12 06:16:51

प्रतिकृया दिनुहोस्