अमेरिकामा महावाणिज्यदूत प्रेमराजा र ऋषिले नै प्रयोग गरेनन् भ्रमण वर्षको फ्रेम

नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले गरेको एक अनुरोध अमेरिकामा रहेका नेपाली मूलका दुई अवैतनिक महावाणिज्यदूतहरूले 'अस्विकार' गरेका छन् । 'अस्विकार' गर्ने महावाणिज्यदूतद्वय प्रेमराजा महत र ऋषि खनाल हुन् । उनीहरूले पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष २०२० को फ्रेम प्रोफाइल तस्विरमा प्रयोग गर्न गरेको अनुरोध अस्विकार गरेका हुन् अर्थात् प्रयोग गर्न रूचाएनन् ।

महावाणिज्यदूतद्वय महत र ढकालको फेसबुक पेजको प्रोफाइल तस्बिरमा अझै पनि नेपाल भ्रमण वर्ष २०२० को फ्रेम प्रयोग गरेको देखिदैन । सामाजिक सञ्जालमा व्यस्त महावाणिज्यदूतहरूले नेपाल सरकारका मन्त्रीले गरेको अनुरोध नमान्दा यसबाट राम्रो सन्देश गएको छैन । यद्यपि यो अनुरोध मात्र भएकाले मान्नैपर्छ भन्ने बाध्यता भने छैन ।

यो पनि हेर्नुहोस् 

राज्यबाट उपेक्षित दार्चुलाको कथा–१

उनीहरू अमेरिकामा नेपाल सरकारको प्रतिनिधित्व गर्छु भनेर अनेक महावाणिज्यदूत बनेका हुन् । नेपाल सरकारले गरेका निर्णयहरू मान्नु अनि अनुरोध स्विकार गर्नु उनीहरूको नैतिक कर्तव्य बन्छ । त्यसमा पनि नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि लोगो ब्राण्डिङ गर्न गरिएको यो अभियान आफैंमा नराम्रो हैन । यस्तो अभियानमा आफैं स्वतस्फूर्त रूपमा सहभागी हुनुपर्नेमा पर्यटनमन्त्रीले सार्वजनिक रूपमा गरेको अनुरोध नमान्नु शोभनीय हैन ।

हुन त देखावटी गर्न पर्छ र ? पनि भन्न सकिएला तर नेपालीमा एउटा भनाइ छ- माया गर्छु भनेर मात्र हुदैन, माया गरेको देखाउनु पनि पर्छ। परेको बेला फेसबुकको प्रोफाइलमा त राष्ट्रप्रेम देखाउन सकिदैन भने अरूबेला मुटुमा नेपाल बोकेको छु भन्नुको के अर्थ हुन्छ र ? तर्क यसरी पनि गर्न सकिन्छ ।

यो पनि पढ्नुहोला 

योगेशले गरे अनुरोध, झाँक्रीले सम्म जाँगर चलाइनन्

तर, वाणिज्यदूत ए सी शर्पाले भने नेपाल भ्रमण वर्ष २०२० को फ्रेमलाई आफ्नो प्रोफाइल तस्बिरमा प्रयोग गरेका छन् ।

यसैगरी अमेरिकामा दर्जनको संख्यामा नेपालका पर्यटनदूत पनि छन् । तर, उनीहरूको हालत पनि त्यस्तै छ । उनीहरू पनि आफू पर्यटनदूत हुँ भन्ने प्रमाणित गर्न पनि स्वतस्फूर्त रूपमा यो अभियानमा सहभागी हुनुपर्ने हो । तर, त्यसो गरिएको देखिएको छैन । 

'एकपटकको नेपाली सधैंको नेपाली' भनेर नेपालको नागरिकता माग्ने गैरआवासीय नेपालीहरू नेपालका लागि गरिएको नेपाल भ्रमण वर्ष २०२० अभियानमा सहभागी भएको देखिदैन । यसको सन्देश राम्रो गएको छैन । 

प्रकाशित मिति: : 2019-08-13 08:01:47

प्रतिकृया दिनुहोस्