जिब्राल्टरले 'जिल्लाइ दियो' अमेरिकालाई

जिब्राल्टारले छोडी दियो ग्रेस वान । तस्बिर : रोयटर्स ।

अमेरिकी राष्ट्रपति ट्रम्पको अनुरोधलाई जिब्राल्टरले अस्वीकार गरिदिएको छ । उनले कब्जामा लिइएको इरानी तेल ट्याङ्कर 'ग्रेस वान'लाई रिहा नगर्न भने पनि त्यसको बेवास्ता गर्दै ४३ दिनपछि रिहा गरिदिएको छ । 

यसअघि अमेरिकाले अन्तिम समयमा गरेको अनुरोधका कारण निर्णय गर्ने प्रक्रिया केही घण्टाका लागि पछि धकेलिएको बताइएको छ । 

जिब्राल्टरको सर्वोच्च अदालतले ग्रेस वानलाई छोडि दिने निर्णय गरेको हो ।

ट्यांकरको२८ सदस्यीय चालक दलमा भारत, रुस, ल्याटभिया र फिलिपिन्सका नागरिक रहेका छन्।

ट्याङ्कर सिरियातर्फ जान लागेको भनेर कब्जामा लिए पनि पानीजहाजका क्याप्टेनले भने सुरूदेखि नै त्यसको खण्ड गर्दै आएका थिए । 

ट्याङ्कर कब्जामा लिन जिब्राल्टार सरकारको अनुरोधमा ३० वटा ब्रिटिश मरिन जहाजलाई हवाईमार्ग हुँदै जिब्राल्टर पुर्याइएको थियो।

त्यसपछि ब्रिटेन र इरानबीच तनाव सिर्जना हुँदा इरानले एक ब्रिटिश झन्डाधारी तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: : 2019-08-16 05:37:30

प्रतिकृया दिनुहोस्