अमेरिकामा 'एम्बुस'मा पारेर मारिए दुई सुरक्षाकर्मी

अमेरिकामा 'एम्बुस' : गभर्नरले नै भनेपछि पत्याउनै पर्यो नि । प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

अमेरिकाको मिजौरी राज्यको भ्यान बुरेनमा दुई सुरक्षाकर्मी मारिएका छन् । त्यहाँका गभर्नर माइक पर्सनले सुरक्षाकर्मीलाई बोलाएर घरभित्रबाट गोली प्रहार गरेर मारिएको बताए । 

उनकै भाषामा त्यो एम्बुसमा एक स्टेट ट्रुपर एक सेरिप डेपुटी मारिएका छन्  भने एक काउन्टी डेपुटी र स्टेट ट्रुपर घाइते भएका छन् । 

स्थानीय सञ्चार माध्यमहरूले जनाएअनुसार मिजौरी हाइवे गस्ती गर्ने क्रममा शुक्रबार विहान उनीहरू एउटा घरको खानतलासी लिन पुगेका थिए । त्यही क्रममा उनीहरूमाथि घरबाट गोली चलाइएको थियो ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको बताइएको छ । 

यसैबीच घटनामा संलग्न रहेको आशंकामा ३१ वर्षीय जेम्स डी कुमिङ्सलाई पक्राउ गरिएको छ ।  उनीमाथि सोधपुछ गरिनुका साथै घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । 

प्रकाशित मिति: : 2019-08-17 04:45:04

प्रतिकृया दिनुहोस्