यमनमा खसालियो अर्को एक अमेरिकी ड्रोन

यमनमा खसालिएको अमेरिकी ड्रोन युएस एमक्यु-९ । तस्बिर : सीएनएन

अमेरिकाको अर्को एउटा ड्रोन यमनको राजधानी सानाको आकाशबाट खसालिएको छ । युएस एमक्यु-९ नाम गरेको ड्रोन मिसाइल हानी खसालिएको बताइएको छ ।

ड्रोन इरानी विद्रोही समूह हाउथीले खसालेको स्विकार गरेको छ । हाउथीका एक प्रवक्ताले स्थानीय तहमै विकास गरिएको मिसाइल प्रहार गरेर ड्रोन खसालिएको बताए । 

ह्वाइट हाउसले भने यसका लागि इरानलाई दोष दिएको छ । 

अमेरिकामा ट्रम्प राष्ट्रपति भययता अमेरिका इरानबीचको सम्बन्ध चिसिएको छ । राष्ट्रपति ट्रम्पले इरानसँग भएको एउटा सम्झौता खारेज गरिदिएपछि यस्तो परिस्थिति सिर्जना भएको हो । 

केही समयअघि पनि इरानदे एक अमेरिकी ड्रोन खसालिदिएको थियो । 

 

प्रकाशित मिति: : 2019-08-21 19:20:27

प्रतिकृया दिनुहोस्