अमेरिकाको एक होटलमा बनाइदै गरेको 'मास सुटिङ'को पर्दाफास !

होटलमै कार्यरत कुक सहकर्मी र पाहुनामाथि मास सुटिङ गर्ने तयारी गर्दै थिए... गम्भीर हुदैछ परिस्थिति ! तस्बिर : एजेन्सी

अमेरिकामा घरेलु आतंकको सम्भावना यति बढेको छ कि अब त होटलमा बास बस्न पनि तीनपटक सोच्नुपर्ने भएको छ । सामान्य होटलमा हैन, नाम चलेकै होटलमा हुन लागेको एक सम्भावित घटनाले त्यस्तो संकेत गरेको हो ।

क्यालिफर्नियाको लङबीचङ म्यारियट होटलमा कार्यरत एक कुकलाई प्रहरीले उनकै निबासबाट भारी मात्रामा अत्याधुनिक हातहतियारसहित पक्राउ गरेको छ । 

पक्राउ पर्ने ३७ वर्षीय रोडल्फो मोन्टाया रहेका छन् । उनकै सहकर्मीहरूले उनको खराव नियतको संकेत पाएपछि प्रहरीलाई जानकारी दिएका थिए । 

सहकर्मीहरूले उपलब्ध गराएको सूचनाको आधारमा प्रहरीले हन्टिङटनस्थित मोन्टोयाको घरमा छापा मारेर उनलाई पक्राउ गरेको हो । 

लङबीच प्रहरी प्रमुख रोबर्ट लुनाले मोन्टोयाले मास सुटिङ गर्ने प्रष्ट नियत राखेर योजना बनाएको बताए । तर, उनको योजना असफल बनाएर धेरैको ज्यान जोगाउन सकिएकोमा उनले सूचना दिने सहकर्मीहरूलाई धन्यवाद दिए ।

मोन्टोयामाथि थप अनुसन्धान भैरहेको बताउँदै चाँडै नै उनलाई अदालता पेश गर्न लागिएको पनि बताए ।

यसअघि गत साता मात्र पनि अमेरिकाका तीन विभिन्न सहरमा योजना बनाइएका सम्भावित मास सुटिङ सर्वसाधारणले दिएको सूचनाका आधारमा टारिएको थियो । 

 

 

प्रकाशित मिति: : 2019-08-22 08:52:40

प्रतिकृया दिनुहोस्