जिम्बाबेका पूर्व राष्ट्रपति मुगाबेको निधन

तस्बिरः एजेन्सी

जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको निधन भएको छ।

जिम्बाबेको स्वतन्त्रतापछि प्रथम प्रधानमन्त्री निवार्चित मुगावेको शुक्रबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो।

उनले करिब चार दशक देशमा शासन गरेका थिए । केही समयदेखि बिरामी रहेका उनी गत अप्रिलदेखि सिङ्गापुरमा उपचार गराउँदै आएका थिए।

सन् २०१७ को नोभेम्बरमा सेनाले उनलाई अपदस्थ गरी नजरबन्द गरेको थियो। मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा भएको थियो। तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल परेका उनको मुद्दा नचलाई १० वर्षसम्म बन्दी जीवन बिताउन बाध्य भएका थिए ।

जिम्बाबे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे प्रधानमन्त्री निवार्चित बनेका थिए । सन् १९८७ उनी राष्ट्रपति बनेका हुन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई महत्व दिएर आफ्नो शासनकालको सुरुका वर्षमा उनी लोकप्रिय भएका थिए ।

प्रकाशित मिति: : 2019-09-06 16:56:56

प्रतिकृया दिनुहोस्