गोकर्ण फरेष्ट रिसोर्टको समय थपः प्रधानमन्त्रीले प्रस्ताव गरे, मन्त्रीहरु हेर्‍याहेर्‍यै

नेपाल लाइभ

उत्तम काप्री

काठमाडौं- सरकारले नेपाल ट्रष्टको जग्गामा सञ्चालन भइरहेको गोकर्ण फरेष्ट रिसोर्टको समय अवधि २५ वर्ष थप गर्ने निर्णय गरेको छ।  झन्डै एक महिनाअगाडि नेपाल ट्रष्टको सञ्चालक बोर्डबाट यति होल्डिङस प्रालिले सञ्चालन गर्दै आएको गोकर्ण फरेष्टले भोगचलन गर्दै आएको जग्गाको लिज समय थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो। 

 

सञ्चालक बोर्डको निर्णयपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको लामो समय अस्पताल बसाईका कारण उक्त प्रस्ताव मन्त्रिपरिषदमा छलफल हुन सकेको थिएन। 

प्रकाशित मिति: : 2019-12-17 01:35:54

प्रतिकृया दिनुहोस्