ओली प्रधानमन्त्री बनेदेखि जनताले सुरक्षित महसुस गर्न पाएनन्ः सहमहामन्त्री महत

तस्बिर: बिएल

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बाँकेको कोहलपुरमा प्रहरीले गरेको ज्यादती निन्दनीय भएको बताएका छन्।

स्कुलले बालिकाको खुट्टा खिच्ने ट्रक चालकलाई समात्न छोडेर प्रहरीले विद्यालयहाता भित्र छिरेर विद्यार्थी र शिक्षकहरुमाथी लाठीचार्ज गर्नु निकै निन्दनीय कार्य भएको महतले दाबी गरे।

सहमहामन्त्री महतले प्रहरी प्रसासनलाई यस्ता कार्य नगर्न पनि आग्रह गरे। काठमाडौंको हात्तिगौंडामा नेपाली कांग्रेसका स्वर्गीय नेता चक्रबहादुर के.सिको शोक सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महतले ओलि नेतृत्वको सरकार बनेदेखी देशमा हत्याहिंसा बढ्दै गएको आरोप पनि लगाए।

महतले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्री बनेदेखि नेपाली जनताले असुरक्षित महसुस गरिरहेको भन्दै सरकारलाई सुरक्षा प्रत्याभूति दिलाउन माग गरे।

सहमहामन्त्री महतले कांग्रेसका स्वर्गीय नेता केसि नेपालीलाई अधिकार सम्पन्न बनाउन संघर्ष गरेको एउटा असल नेता भएको स्मरण पनि गरे। महतले राना पन्चायत र राजालाई कांग्रेसले हटाए पनि अझै अधिकारका लागि संघर्ष जारी भएको समेत बताए।

प्रकाशित मिति: : 2019-12-10 12:56:28

प्रतिकृया दिनुहोस्