सूचना आयोगका पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

फाइल तस्बिर: बिएल

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तको सिफारिस प्रक्रियानै असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता विष्णु लुइटेलले सिफारिस र नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका हुन्।

मंगलबार दर्ता भएको रिटमाथि बुधवार सुनुवाई हुँदैछ। उपसभामुख डा. शिवमाया तुम्बाहम्फेको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा डा.महेन्द्रमान गुरुङ र आयुक्तहरुमा कमला ओली तथा दीपक मैनालीको नाम सिफारिस गरेको थियो।

यसपटक सभामुख नभएको अवस्थामा उपसभामुखलेनै सभामुखको अधिकार प्रयोग गरेर सिफारिस समितिको बैठक राखेकी थिइन्। उनलाई सो अधिकार नरहेको भन्दै रिट परेको सर्बोच्चले जनाएको छ।

सभामुखको अधिकार उपसभामुखले प्रयोग गरेको सन्दर्भमा अब सर्बोच्च अदालतबाटै संवैधानिक परीक्षण हुने भएको छ। बिधेयक प्रमाणिकरणबाहेक सभामुखले गर्ने सबै काम उपसभामुख तुम्बाहम्फेले गर्दै आएकी छन्।

प्रकाशित मिति: : 2019-12-10 18:13:17

प्रतिकृया दिनुहोस्