त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भट्टराईको छड्के

बिएल संवाददाता

काठमाडौं, पुस ५
तस्बिरः बिएल

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकश्मिक अनुगमन गरेका छन्।

नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको अनुगमनका लागि पर्यटनमन्त्री आज साँझ विमानस्थल पुग्नुभएको उनको निजी सचिवालयले जनाएको छ ।

पर्यटनमन्त्रीका साथ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत पदाधिकारी पनि विमानस्थल गएका थिए । विमानस्थलमा अध्यागमनले परिवर्तन गरेको संरचनाको समेत मन्त्री भट्टराईले अवलोकन गरेका थिए ।

प्रकाशित मिति: : 2019-12-21 13:53:47

प्रतिकृया दिनुहोस्