डोटेली भाषाको चलचित्र नन्दीको छायांकन सकियो

बिएल संवाददाता

काठमाडाैं,पुस ५

डोटेली भाषाको नन्दी चलचित्रको छायांकन सम्पन्न भएको छ। सिएस फिल्मसको व्यानरमा निर्माण भएको नन्दी चलचित्रको छायांकन सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाबाट आरम्भ गरिएको थियो। 

फरक शैलीका चलचित्रहरुमा निर्देशन गर्ने बाबु थिङले नन्दीको निर्देशन गरेका छन्। चलचित्रको कार्यकारी निर्मातामा राज पाठक हुन्। चलचित्रमा एलिषा चाड र मनिषा चाडको अभिनय छ। यस्तै यादब गिरी, नरेन्द्र खड्का, तेजा ऐर, मीना सोब, सौगात ओझा, सुरेन्द्र संगम, विशाल चौधरी लगायतका कलाकारहरुको अब्बल र पृथकशैलीको अभिनय रहेको छ।

चलचित्र फागुनको अन्तिम सातातिर फिल्म हलहरुमा लाग्ने निमार्ण पक्षले जानकारी दिएको छ। चलचित्रमा सबै कलाकारहरुको भुमिका उत्कृष्ठ र मनछुने रहेको निर्माता तथा अभिनेता विनोदले बताए। 

चलचित्रको छायांकन दिपायल, शैलेश्वरी मन्दिर, धनगढी, जोरायल र खप्तड लगायतका पर्यटकीय तथा रमानीय स्थलहरुमा गरिएको छ। नन्दी चलचित्रले सुदूरपश्चिमका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार तथा डोटेली भाषाको संरक्षणमा महत्वपूर्ण भुमिका निवाह गर्ने कलाकार समेत रहेका विशाल चौधरीले बताए।

प्रकाशित मिति: : 2019-12-22 09:29:53

प्रतिकृया दिनुहोस्