'नेपाल भ्रमण वर्ष–२०२०' को उद्घाटनका दिन भव्य दीपावली गर्नुस्: पर्यटनमन्त्री भट्टराई

फाइल तस्बिर: बिएल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले 'नेपाल भ्रमण वर्ष–२०२०' लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन्।राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै उनले पर्यटन व्यवसायीलाई भ्रमण वर्षको उद्घाटनका दिन भव्य दीपावली गर्नसमेत आग्रह गरे।

नेपाल भ्रमण वर्ष सचिवालयले पर्यटन व्यवसायीहरुसँग गरिएको छलफलमा उनले भने, ‘सरकार तपाईंहरुको साथमा छ, तर अब तपाईंहरु पनि मागमात्रै नराख्नुहोस्। सबै मिलेर काम गरौं।’

मन्त्री भट्टराईले व्यवसायीसँग आफ्नो कार्यालय, होटल र सार्वजनिक स्थलमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री राखेर अभियानमा जुट्न पनि आग्रह गरेका छन्।

नेपाल भ्रमण वर्ष २०२० मा उत्कृष्ट काम गर्ने व्यवसायीलाई सरकारले सम्मान गर्ने उनले जानकारी दिए। त्यसका लागि मन्त्रालयबाट अनुगमन हुनेसमेत उनले बताए।

प्रकाशित मिति: : 2019-12-11 11:53:09

प्रतिकृया दिनुहोस्