विकिनी तस्वीर पोष्टले दिशा ट्रोलको शिकार

बिएल संवाददाता

दिल्ली,Dec 22, 2019

नायिका दिशा पटानी चलचित्रमा मात्र होइन, सामाजिक संजालमा आफ्ना हट तस्वीर पोष्ट गर्न सधै नै अगाडि छिन्। दिशा इन्स्टाकै माध्यमबाट विभिन्न ब्रान्डको प्रमोशन पनि गरिरहेकी हुन्छिन्।

उनै, दिशाले हालै मात्र एक विकिनी तस्वीर पोष्ट गरिन्।  तर, यसपटक भने दिशालाई ट्विटर प्रयोगकर्ताहरुले ट्रोलको शिकार बनाएका छन्। 

दिशाले सामाजिक संजालमा यो तस्वीर पोष्ट गर्ने वित्तिकै उनलाई ट्विटर प्रयोगकर्ताहरुले नागरिकता विधेयकको बिषयमा केही पनि नबोलेको तर विकिनी तस्वीर पोष्ट गरेर बसेको भन्दै आलोचना गरेका हुन्।

केही सामाजिक संजाल प्रयोगकर्ताले देशको विग्रदो अवस्थामा कुनै चासो नदेखाएपनि ब्रान्ड प्रमोशन गरेर पैसा कमाउन दिशालाई चासो लागेको भन्दै आलोचना गरेका छन्।

केहीले देश जलिरहेको समयमा दिशालाई भने विकिनी बेच्न परेको भन्दै आलोचना गरेका छन्। यो बिषयमा दिशाले कुनै पनि प्रतिक्रिया दिएकी छैनन्।

प्रकाशित मिति: : 2019-12-23 01:34:42

प्रतिकृया दिनुहोस्