किवी खेतीका लागि प्राविधिक ज्ञानको अभाव हुँदा कृषकहरु चिन्तित

बिएल संवाददाता

मेलम्ची,Dec 22, 2019

सिन्धुपाल्चोकको भोटेचौरमा व्यवसायीक किवी खेतीको सुरुवात गरेपनि आवश्यक प्राविधिक ज्ञानको अभाव भएको कृषकहरुले गुनासो गरेका छन्। 

‘भोटेचौर एग्रिकल्चर अग्र्यानिक भिलेज’ नामक कम्पनीमार्फत सिन्धुपाल्चोकको मेलम्ची नगरपालीका वडा नंवर १ र ३ मा किवीखेती सुरु गरेका युवाहरुले अहिले पनि खेतीका लागि प्राविधिक ज्ञानको अभाव रहेकाले सोचेजस्तो सफलता हासिल गर्न नसकेको गुनासो गरेका हुन्।

 करिव ६० रोपनी जग्गामा १ करोडको लगानी गरी सुरु गरिएको व्यावसायिक किवीखेतीबाट मनग्य आम्दानी हुनेभएपनि आवश्यक प्रचारप्रचार लगाएतको अभावमा सोचेजस्तो बिक्रि वितरण गर्न नसकिएको कम्पनीका अध्यक्ष दिनेशकुमार सिग्देलले बताए। उनले स्थानीय सरकारले पनि आफुहरुको उत्पादनलाई बढावा दिनुपर्ने धारणा राख्नुभयो। साना लगानीबाट किवीको खेती गर्न सके पनि आम्दानी भने मनग्य हुने उनको भनाई छ। 

किवीको प्रतिबिरुवा औसतमा ३ सय रुपैयाँ पर्छ भने रोपेको तीन वर्षदेखि यसले फल दिन थाल्छ।

किवीको बजार मूल्य प्रतिकिलो ५ सय रुपैयाँभन्दा बढी छ। नेपालका इलाम, दोलखा, ललितपुर, काभ्रेलगायतका केही जिल्लामा किवीको व्यावसायिक खेती गरिएको छ। किवीको व्यावसायीक खेती १ सय ६ वर्षअघि चीनबाट सुरु भएको वैज्ञानिकहरूको तर्क छ। 

प्रकाशित मिति: : 2019-12-23 02:45:35

प्रतिकृया दिनुहोस्